pokhara news

गह्रौंसुरको १३ अधिवेशन, पदाधिकारीहरुमा सहमती हुन नसक्दा निर्वाचन कार्यक्रम धकेलियो

चैत्र १६, वालिङ ।
वालिङ नगरपालिका ८ स्थित गल्याङ नगरपालिकाको सिमासँग जोडिएको जिल्लाकै प्रशिद्ध गह्रौंसुर धार्मिक एवम् पर्यटकीय केन्द्रको हिजो १५ गते १३ औं अधिवेशन उद्घाटन भएको हो । उद्घाटनसत्र सकेपछि निर्वाचन मण्डलले अधिवेशनको उमेदवारी दर्तासहित निर्वाचनको कार्यक्रम अगाडि बढाएको थियो । 
निर्वाचन मण्डलले अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, कोषाध्यक्ष १ र ९ सदस्य पदका लागि उमेदवारी दर्ता खुल्ला गरेको थियो । जसका लागि अध्यक्षमा ४, उपाध्यक्षमा ३ र सचिव र कोषाध्यक्षमा ४÷४ जनाको उमेदवारी परेको छ भने सदस्य ९ पदका लागि १९ जनाले उमेदवारी दिएका थिए । 
आज वालिङ नगरपालिकाको हलमा बसी निर्वाचन मण्डलले सहमतिका लागि समय दिएको थियो भने सदस्यहरुमा सहमति जुटेपनि पदाधिकारीहरुमा हुन सकेन । निर्वाचन मण्डलका संयोजक दिलीपप्रताप खाँणले ९ सदस्य पदमा सहमति भएको र अध्यक्षसहितका पदाधिकारीहरुमा सहमति हुन नसकेको जानकारी दिनुभयो । आकांक्षीहरुलाई अझ एक पटक सहमतिका लागि अनुरोधसहित प्रयास गरिनेछ तर फेरि पनि सहमति जुट्न नसकेको खण्डमा विधान अनुसार निर्वाचन प्रकृयामा जाने निर्वाचन मण्डलका संयोजक खाँणले बताउनुभयो । योसँगै गह्रौंसुर धार्मिक एवम् पर्यटकीय केन्द्रको १३ औं अधिवेशनको निर्वाचन प्रकृया धकेलिएको छ । चैतेदशैंको पूजाको समय सुरु भैसकेकाले केही दिनपछि निर्वाचनको कार्यक्रम अगाडि बढाइने निर्वाचन मण्डलका संयोजक खाँणको भनाई छ ।
गह्रौंसुर धार्मिक एवम् पर्यटकीय केन्द्रको १३ औं अधिवेशनबाट आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा सुरजप्रताप खाँण, ध्रुवप्रसाद शर्मा पंगेनी, कमलप्रसाद सुवेदी र सुमन कल्याण अर्याल गरी ४ जनाको उमेदवारी परेको छ । यसैगरी उपाध्यक्ष १ पदका लागि श्याम शर्मा, सूर्यप्रसाद काफ्ले र लेखबहादुर मल्ल (नवराज) गरी ३ जनाले उमेदवारी दिएका छन् । सचिव १ पदका लागि तीलकराम उपाध्याय पंगेनी, राजु तिवारी, धनप्रसाद सुवेदी र तोलाकान्त बगालेले उमेदवारी दिएका छन् । यस्तै कोषाध्यक्षमा केशभक्त गुरुङ, भरत कँडेल, पूर्णबहादुर थापा र कूलदेव लामिछाने गरी ४ जना आकांक्षी रहेका छन् ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर