गीतः मिल्दै जाउ, सुशासन र समृद्धिको बाटो पहिल्याउ
भदौ—२३, वालिङ
किन हुन थालेको छ होहल्ला र झगडा, भयौं कि त आज हामी छाडा बरिलै
नेताहरु उस्तै हुन कि त्यस्तै भए जनता, सबैले नै आँफू राम्रो भन्छन् भन्न त
एक अर्काको विश्वासमा चलेको हो संसार, त्यही विश्वास नि नगरेर के नै बन्छ र
आँफू मात्रै राम्रो लाग्ने कस्तो विचार आको हो, त्यही विचारले अस्तव्यस्त हुँदै गाको हो
जसले गल्ती गरेको छ कार्वाही गरौं उसैलाई ,अनुमानको भरमा आरोप नलाऔं कसैलाई
होहल्लाको पछि लागी यसै अघि सरेर, दुःख पाउने कामग¥यौं कि भुल गरेर
हामीले नै भोट दिएर सरकारमा पठाउने, तिनकै विश्वास नगरेर औंला उठाउने
जसलाई माथि पठाएकाछौं उनकै कुरा काटनी, गल्ति हुन्छ यस्तो गर्दा हामी बाट नि
जस्तो सोंच लिन्छौ हामी उस्तै हुन्छ काम पनि, राम्रो कामको राम्रैगरी आउँछ नाम पनि
गाली गलौज आरोपले अरुको मन जितिन्न, सम्मान र प्रशंसाले बुद्धि रितिन्न
सम्मान र प्रशंसाले बुद्धि अझै थपिन्छन्, नागरिकको मन मनमा नाम जपिन्छन्
मिल्नुमै छ सुन्दर जीवन मिल्नुमै छ भविष्य, उन्नतिको बाटोहरु खुल्छन् अवस्य
कम्जोरीलाई सच्याएर अघि बढ्ने गरौं, सानातिना कुरामा नि विवाद नगरौं
ठूलालाई सम्मान गरौं सानालाई मायाँ, लिने गरौं एक अर्काको विचार नयाँ
ठूला दल मिलेका छौ, यसैगरी मिल्दै जाउ, झगडा र विवाद गरी सत्रु नहसाउ
यस्तैगरी अरुलाई नि मिलाउँदै जाउ, सुशासन र समृद्धिको बाटो पहिल्याउ
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment