गुणस्तरीय शिक्षामा नेपाल आदर्श सम्मानित
साउन १५, स्याङ्जा
स्याङ्जाको वालिङमा रहेको नेपाल आदर्श माध्यमिक विद्यालय गुणस्तरीय शिक्षामा सम्मानित भएको छ । वालिङ नगरपालिका वडा नम्वर ८ मा सञ्चालित नेपाल आदर्श माध्यमिक विद्यालय नेपालको गुणस्तरीय शिक्षामा गण्डकी प्रदेशको उत्कृष्ट शैक्षिक संस्थाकोरुपमा सम्मानित भएको हो । चन्द्रलोक प्रतिष्ठान काठमाडौले गण्डकी प्रदेशको उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको भनी आज मङ्गलबार सम्मान गरेको हो ।
२०५४ सालमा स्थापना भई नेपालको गुणस्तरीय शिक्षामा गण्डकी प्रदेशको उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको सम्मानपत्रमा उल्लेख गरिएको छ । प्रविधि मैत्री, प्रतिस्पर्धी र क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा विद्यालयले अतुलनीय योगदान गर्दै आइरहेको सम्मानपत्रमा भनिएको छ । भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेश स्तरमा उत्कृष्ट शैक्षिक संस्थाकोरुपमा आँफूलाई स्थापित गर्न सफल त्यस संस्थाले आगामी दिनमा प्रतिस्पर्धी शिक्षाको विकासकासाथै देशभक्त, आदर्शवान र नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्न सफल रहोस भन्ने कामना गर्दै चन्द्रलोक प्रतिष्ठानको तर्फबाट उत्कृष्ट शैक्षिक संस्था सम्मान—२०८१ प्रदान गरिएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment