pokhara news

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

साउन २७, वालिङ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड मिर्दी शाखाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थााले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर वालिङ ११ मा रहेको तितापानी आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको हो । 
कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष डण्डपानी पंगेनीले संस्थाले गरेको यस कार्यले विद्यार्थीहरुलाई अध्ययनमा लाग्न थप प्रेरणा मिल्ने बताउनुभयो । हरेक संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने भन्दै यस्तै रचनात्मक तथा सामाजिक कार्यमा लाग्नुपर्नेमा वडा अध्यक्ष पंगेनीको भनाई थियो ।
कार्यक्रममा संस्थाका वाग्मती र गण्डकी प्रदेश प्रमुख विनोद पराजुलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष भिमबहादुर कुँवर, विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद कोईरालाले विद्यालयमा आई शैक्षिक समाग्री वितरण गरिएकोमा संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।
२० जना छात्रछात्राहरुका लागि कपी र झोला वितरण गरिएको संस्थाका मिर्दी शाखा प्रमुख इश्वरी रानाले बताउनुभयो । संस्थाको देशभरी १ सय २२ शाखाहरु रहेका छन् भने स्याङ्जामा भने मिर्दीमा एक मात्रै शाखा रहेको छ । संस्थाको केन्द्रीय कार्यालय भने कास्कीको विजयपुरमा रहेको छ । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर