घरमा आगोलागी, करिव १५ लाखको क्षति
फोटो फाईल
पुस ५, वालिङ ।
स्याङ्जाको भीरकोटस्थित एक घरमा आगोलागी भएको छ । भीरकोट नगरपालिका वडा नम्वर १ भलुवा डाँडास्थित कच्ची घरमा आगोलागी हुँदा करिव १५ लाख बराबरको क्षति भएको छ ।
प्रहरीका अनुसार भलुवाडाँडाका बेलनारायण श्रेष्ठको ढुङ्गामाटाले बनेको कच्ची घरमा हिजो साँझ अन्दाजी साढे ६ बजेको समयमा आगोलागी भएको हो । श्रेष्ठको घरमा आगोलागी हुँदा घरको मात्र १ लाख ३० हजार बराबरको क्षति हुनगएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी गराएको हो । योसँगै ७ तोला सुन एवम् अन्य सामग्रीसहित करिव १५ लाखको क्षति हुन गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगो निभाउन सहयोग गर्ने स्थानीय कोटबहादुर मगरको टाउकोमा चोट लागेको छ । मगर उपचार पश्चात डिस्चार्ज भैसकेको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment