चापाकोटमा क्षमता अभिवृद्धिसम्बन्धी दुईदिने तालिम सम्पन्न
जेठ—६ वालिङ ।
चापाकोटमा क्षमता अभिवृद्धिसम्बन्धी दुईदिने तालिम प्रदान गरिएको छ । चापाकोट नगरपालिकाको १ नम्बर वडाले क्षमता अभिवृद्धि तथा उद्घोषण सम्बन्धी आइतबार र सोमबार गरी दुईदिने तालिम प्रदान गरेको हो ।
तालिम समापनमा बोल्दै १ नम्बर वडा अध्यक्ष भूपराज ओस्तीले पूर्वाधार विकाससँगै मानव संसाधनको विकास पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो । वडाबासीको चेतना अभिवृद्धिसहित मानव संसाधनको विकासमा टेवा पुगोस भनेर तालिमको आयोजना गरिएको वडा अध्यक्ष ओस्तीले उल्लेख गर्नुभयो । आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई अझ व्यवस्थित गर्दैजानेसमेत उहाँले व्यक्त गर्नुभयो । उद्घोषण भनेको बोल्ने कला हो, यसका लागि यस्ता चेतनामूलक कार्यक्रमहरु हामी सबैलाई आवश्यक पर्ने कुरा हुन् । त्यसैले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर क्षमता एवम् व्यक्तित्व विकासमा लाग्न सहभागीहरुलाई अध्यक्ष ओस्तीले आग्रह गर्नुभयो । योसँगै क्षमता विकासमा वृद्धि हुँदैजान्छ
कार्यक्रममा भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारी, प्रशिक्षक कला राना, सहभागीको तर्फबाट प्रशिक्षार्थी पार्वता न्यौपाने लगायतले तालिमको औचित्य, महत्व र अनुभवसहितका भनाई राखेका थिए । वालिङ टेलिभिजनका समाचार प्रमुख गोपाल जिटी र रेडियो आँधीखोलाका समाचार प्रमुख कला रानाले तालिमको सहजिकरण गरेका थिए ।
चापाकोट वडा नं १ चौघेरास्थित भानु माविको सभाहलमा सञ्चालन गरिएको तालिम कार्यक्रममा महिला पुरुष गरी ४५ जनाको सहभागिता रहेको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment