चापाकोटमा दलित समुदायका लागि नेतृत्व तथा क्षमता विकास तालिम
वैशाख ७, वालिङ ।
स्याङ्जाको चापाकोटमा दलित समुदायका लागि नेतृत्व तथा क्षमता विकास तालिम प्रदान गरिएको छ । चापाकोट नगरपालिकाको वडा नं ७ को आयोजनामा दलित उत्थान कार्यक्रम अन्तर्गत नेतृत्व तथा क्षमता विकास सम्बन्धी १ दिने तालिम आज आइतबार प्रदान गरिएको हो । चापाकोट ७ साँखरस्थित राधा दामोदर माध्यमिक विद्यालय रिमाल्डिहीमा तालिम सञ्चालन गरिएको थियो ।
कार्यक्रमको शुभारम्भ गर्दै चापाकोट नगर उपप्रमुख ईशा रानाले चापाकोटका प्रत्येक वडातहमा यस प्रकारका तालिम तथा कार्यक्रमहरुको आवश्यकता रहेको बताउनुभयो । भौतिक विकास मात्र विकास नभई मानिसको चेतनाको विकास पनि एक प्रकारको विकास भएको उहाँको भनाई थियो । जातीय विभेद कानुनी रुपमा दण्डनीय हो भनेर संविधानमा उल्लेख गरिएको भन्दै जातीय आधारमा कसैलाई पनि भेदभाव गर्न नहुने उल्लेख गर्नुभयो । परिवर्तन आफैँबाट गर्नु आवश्यक रहेको भन्दै उपप्रमुख रानाले सकारात्मक सोचको विकास गरी भेदभाव पूर्ण भावनाको अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ७ नम्वर वडा अध्यक्ष मोहन केसीले दलितका अधिकारहरु संविधानमा नै भएकाले कानुन प्रदत्त अधिकारहरु प्राप्तीका लागि स्वयम् दलित समुदाय नै जागरुक हुनुपर्ने बताउनुभयो । सदियौँदेखि चलिआएको विभेदको अन्त्यका लागि पनि यो खाले कार्यक्रमले टेवा पु¥याउने भएकाले अध्यक्ष केसीले व्यक्त गर्नुभयो । दलित समुदायको आर्थिक तथा चेतनासँगै क्षमता विकासका लागि वडाले यस प्रकारका कार्यक्रम गर्दै अगाडि बढ्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेतृत्व तथा क्षमता विकास सम्बन्धी तालिमको सहजिकरण वालिङ टेलिभिजनका समाचार प्रमुख गोपाल जिटी र रेडियो आँधीखोलाका समाचार प्रमुख कला रानाले गरेका थिए । तालिममा ६० जनाको सहभागिता रहेको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment