pokhara news

चापाकोट क्याम्पस र किसान होल्डिङ लिमिटेडबीच सम्झौता, विद्यार्थीहरुलाई रोजगारीको ग्यारेन्टि

भदौ—११, स्याङ्जा ।
स्याङ्जाको चापाकोटस्थित चापाकोट क्याम्पस र किसान होल्डिङ लिमिटेडबीच सम्झौता भएको छ । चापाकोट क्याम्पस र किसान होल्डिङ लिमिटेडबीच इन्ट्रन्सिप सम्बन्धी समझदारी पत्रमा हस्ताक्षरसहित आज मङ्गलबार सम्झौता गरिएको हो ।
सम्झौतापत्रमा क्याम्पसको तर्फबाट कार्यवाहक क्याम्पस प्रमुख पोषराज देवकोटा र किसान होल्डिङ लिमिटेडको तर्फबाट सञ्चालक सविता देवकोटाले हस्ताक्षर गर्नुभएको हो । समझदारी पत्रमा हस्ताक्षर भएसँगै किसान होल्डिङका प्रतिनिधि रामु बस्यालले चापाकोट क्याम्पसका विद्यार्थीहरुलाई रोजगारीको ग्यारेन्टि दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
सम्झौता पत्रमा हस्ताक्षर भएसँगै क्याम्पस सञ्चालक समितिका अध्यक्ष मुकुन्दराज आचार्यले बिभिन्न संघ संस्थाहरुको सहकार्यबाट आँफूलाई थप उत्साहित बनाएको बताउनुभयो । यसकासाथै अध्यक्ष आचार्यले सहयोगी संस्थाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । 
यसैगरी कार्यबाहक क्याम्पस प्रमुख पोषराज देवकोटाले सुन्दर नगरी चापाकोटमा  किसान होल्डिङले खेलेको भूमिका अत्यन्त सराहनीय रहेको क्याम्पसको सहयात्री भएकोमा  किसान होल्डिङ परिवारप्रति आभार व्यक्त गर्नुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर