छाँयाक्षेत्र मन्दिर छाङछाङदीमा १५ हजार सहयोगमा नामसहित जलधारा निर्माणको अवसर
स्याङ्जा — छाँयाक्षेत्र मन्दिर छाङछाङदीमा निर्माणाधीन १०८ जलधारामध्ये इच्छुक भक्तजन तथा दाताहरुलाई न्यूनतम १५ हजार रुपैयाँ सहयोगमार्फत आफ्नो नाम स्थायी रूपमा अभिलेख गराउने अवसर प्रदान गरिएको छ। मन्दिर व्यवस्थापन समितिले महाशिवरात्रि नजिकिँदै गर्दा दानमार्फत धार्मिक तथा संरचनात्मक विकासमा सहभागी हुन आह्वान गरेको हो।
मन्दिर परिसरलाई थप व्यवस्थित र धार्मिक पर्यटनका दृष्टिले आकर्षक बनाउन १०८ शिवलिङ्ग र १०८ जलधारा निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। समितिका अध्यक्ष पिताम्बर श्रेष्ठका अनुसार जलधारा निर्माणमा सहयोग गर्ने दाताको नाम सम्बन्धित संरचनामा उल्लेख गरिने व्यवस्था गरिएको छ, जसले दातालाई धार्मिक पुण्यका साथै स्थायी पहिचानसमेत प्रदान गर्ने विश्वास लिइएको छ।
हालसम्म ८० जनाले जलधारा निर्माणका लागि तथा ४० जनाले शिवलिङ्ग निर्माणका लागि संकल्प गरिसकेको समितिले जनाएको छ। जलधारामाथि कैलाश पर्वतको प्रतिरूप निर्माण गर्ने योजना समेत अघि बढाइएको छ, जसले मन्दिरको सौन्दर्य र धार्मिक महत्व थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
महाशिवरात्रि लगायत प्रमुख पर्वका अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ। सिद्धार्थ राजमार्गसँगै जोडिएको यस तीर्थस्थलमा नेपाल तथा छिमेकी देश भारतबाट समेत भक्तजनहरुको उल्लेख्य उपस्थिति रहने गरेको छ। समितिले निर्माणाधीन योजनामा सहयोग गरी धार्मिक कार्यमा सहभागी हुन सम्पूर्ण श्रद्धालुहरुसँग अनुरोध गरेको छ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment