छाङ्छाङ्दी नेवार समाज परम्परागत संस्कृति संरक्षणमा जुट्यो
भदौ १०, वालिङ ।
नेपाली समाजमा विविध संस्कृतिहरु परम्परागतरुपमा प्रचलनमा छन् । विभिन्न जातजाती र समुदायमा आ आफ्ना संस्कार र संस्कृतिहरु परापूर्वकालदेखि नै प्रचलनमा रहँदै आएका हुन् । पछिल्लो केही वर्षयता ती मौलिक संस्कृतिहरुको निरन्तरतामा कमि आइरहेको बेला स्याङ्जाको भीरकोट नगरपालिका ४ को नेवार समाजले आफ्नो परम्परागत संस्कृतिको संरक्षणसहित निरन्तरतामा लागेको छ ।
गाईजात्रा, बाघजात्रा, हिलेजात्रा, कृष्णजात्रा, लाखे नाच तथा झुमाजात्रालगायतका जात्राहरुका लागि छाङ्छाङ्दी प्रशिद्ध ठाउँ हो । यहाँ निकालिने जात्रा हेर्नेहरुको निकै भीड लाग्ने गर्दथ्यो ।
प्राविधिक कारणले विगत केही वर्ष रोकिएका नेवारी संस्कृतिमा विद्यमान जात्रालाई निरन्तरता दिनेगरी यो वर्षबाट अगाडि बढाइएको समाजका अध्यक्ष पिताम्वर श्रेष्ठले जानकारी गराउनुभयो । अहिले साङ्केतिकरुपमा गरिएको र आगामी वर्षदेखि विस्तृतरुप गर्ने समाजले योजना बनाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यसैबीच आज तीजको दिन छाङ्छाङ्दीमा झुमा नाच निकालिएको हो । कृष्ण जन्माष्टमीमा कृष्ण भगवानको जन्म भएको र तीजको दिन भगवानको न्वारनको दिन नेवार समुदायले परापूर्वकाल देखि नै झुमा नाच निकाल्ने परम्परा हो । सोही अनुसार छाङ्छाङ्दी नेवार समाजले आज झुमा नाच प्रदर्शन गरेको समाजका अध्यक्ष श्रेष्ठको भनाई छ । उहाँका अनुसार आज मूल घरबाट पूजाआजासहित विधिवत गोलेनी नाच निकालिएको हो भने बजार क्षेत्रमा झुमा नाच प्रदर्शन गरिएको हो । यस अन्र्गगत झुमा नाच, नाग नागेनी नाच र लट्ठीनाच प्रदर्शनपछि समापन गरिएको छ । झुमा नाच निकाल्ने भएपछि हेर्नका लागि भीरकोट र वालिङ क्षेत्रका धेरैजना मानिसहरुको उपस्थिति रहेको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment