छायाँक्षेत्रमा महाआरती, भक्तजनहरुको आकर्षण बढ्दै
साउन १४, स्याङ्जा
बिभिन्न शिवालयहरुमध्ये छाङ्छाङ्दी छायाँक्षेत्र मन्दिर पनि एक प्रशिद्ध स्थल हो । स्याङ्जा जिल्लाकै मध्येभागमा पर्ने भीरकोट नगरपालिका ४ स्थित छाङ्छाङ्दी छायाँक्षेत्र सिद्धार्थ राजमार्गसँग जोडिएकाले यातायातका हिसाबले पनि सुगम छ । ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक महत्व, शान्त र मनोरम वातावरणसँगै यातायातको सुगमताका कारण भक्तजनहरुको आकर्षण बढ्दो छ । यसकासाथै छाङ्छाङ्दी छायाँक्षेत्र दर्शनका लागि भक्तजनहरु आवागमनमा वृद्धि भैरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । साउन महिना भगवान शिवको प्रिय महिना भएकाले साँझको समयमा दैनिक महाआरती गरिदै आइएको छ । महाआरती भक्तजनहरुका लागि भगवानको आराधना गर्ने थप अवसर हो । जसका कारण साउन महिना लागेदेखि साँझको समयमा पनि दर्शनार्थीहरुको भीड लाग्ने गरेको छ ।
हिन्दु धर्मावलम्वीहरुले साउन महिना भगवान शिवको महिमाकारुपमा लिइने भएकाले दर्शनार्थी आवागमन बढिरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले बताउनुभयो । ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक महत्वको छायाँक्षेत्रमा भगवान शिवको आराधनाका लागि साउन महिनामा दर्शनार्थीहरुको चाप बढिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “सोमबार विहानैदेखि दर्शनार्थीहरुको विशेष उपस्थिति हुने गर्दछ । साउन लागेदेखि साँझ दैनिक महाआरती हुने भएकाले प्रभाव बढेको पाएका छौं । साँझको महाआरतीमा अझ धेरैजना उपस्थित भई आध्यात्मिक आनन्द लिने गनुृहुन्छ ।”
दर्शन गर्न आउनेहरुबाट हुने दान तथा भेटी मन्दिरको मुख्य आम्दानीको स्रोत हो । बजार व्यवस्थापन, पार्किङ शुल्क तथा मन्दिर भित्र र बाहिर दान पूण्यलगायतबाट जम्मा भएका रकम मन्दिरको पूर्वाधारका लागि खर्च गरिदै आएको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । योसँगै मन्दिर परिसर सुविधायुक्त बन्दै आएको छ भने छायाँक्षेत्रको महत्वकावारेमा पनि जानकारी हुँदैजाँदा दर्शनार्थीहरुको चाप बढ्दै गएको उहाँको भनाई छ ।
सनातन हिन्दु धर्मावलम्वी एवम् सम्पूर्ण महानुभावहरुका लागि यो पवित्र तीर्थ स्थल हो, सकिन्छ भने दैनिक पाठ पूजा गर्दा राम्रो हो, होइन भने पनि नजिकहुनेहरु दिनभरीको काम सकेर साँझमा हुने महाआरतीमा सहभागी हुन सकिन्छ । यसकासाथैै एक घण्टा भगवानको आराधनाले तनावबाट मुक्त भई आनन्दको अनुभूति गर्न सकिने भएकाले सहभागिता जनाई महाआरतीको अवसर उपयोग गर्नुहने छ भन्नेमा आँफू विश्वस्त रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment