pokhara news

छायाँक्षेत्रमा महाआरती विशेष आकर्षण बन्यो

साउन २१, स्याङ्जा
स्याङ्जाको भीरकोट ४ स्थित छाङ्छाङ्दी छायाँक्षेत्रमा दैनिक लगाइने महाआरती विशेष आकर्षण बनेको छ । साउन महिनाको पहिलो सोमबार ७ गतेदिखि दैनिक साँझमा लगाइने महाआरती भक्तजनहरुका लागि विशेष आकर्षण बनेको हो । अरु दिन पनि दर्शनार्थीहरु आउने गर्दछन् भने सोमबार विहानै देखि बाक्लो उपस्थिति हुनेगरेको छ । 
जिल्लाकै धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्वको छायाँक्षेत्रमा दैनिकजसो नै दर्शनार्थीहरु आइरहन्छन् । साउन महिना शिव महिमा भएकाले यसै पनि थप दर्शनार्थी आउने गर्दछन् । यसकासाथै महाआरतीका समयमा भक्तजनहरुको विशेष भीड लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले जानकारी दिनुभयो । पाँच हजारमा भक्तजनहरु स्वयम्ले आ आफ्नो इच्छा अनुसार बाल्न पाइने भएपछि विभिन्न अवसरका नाम पारेर महाआरती लगाउने गरेका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“ भक्तजनहरुले विभिन्न अवसरका नाम पारेर महाआरती लगाउने गरेका छन् । जन्मदिन मनाउने, एनिभर्सरी एवम् पितृ उद्दारलगायतका नाममा भक्तजनहरुले महाआरती लगाउने गर्नुभएको छ । सोमबार विहानैदेखि दर्शनार्थीहरुको विशेष उपस्थिति हुने गर्दछ । साउन लागेदेखि साँझ दैनिक महाआरती हुने भएकाले प्रभाव बढेको पाएका छौं । साँझको महाआरतीमा अझ धेरैजना उपस्थित भई आध्यात्मिक आनन्द लिने गनुृहुन्छ ।”
साउनलाई शिव महिना वा शिव महिमाकारुपमा लिइने भएकाले यो समयमा  भगवानको पवित्र मन्दिर दर्शनसहित महाआरती लगाउनाले पूण्य मिल्ने जनविश्वास छ । इच्छा हुनेहरुले महाआरतीमा सहभागिता जनाई लाभलिन अध्यक्ष श्रेष्ठको आग्रह छ । अब १० दिन बाँकि रहेकाले इच्छा भएर पनि छुट्नुभएको छ भने ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक महत्वको पवित्र मन्दिरमा आई आफ्नो मनोकाङ्क्षा पूरा गर्न उहाँले अनुरोध गर्नुभएको छ ।
दोस्रो सोमबारदेखि साँझ महाआरतीको समयमा भक्तालु महानुभावहरु भजन किर्तनको रमाइलोसँगै भक्तिभावको आनन्द लिनका लागि निकै भीड हुने गर्दछ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर