pokhara news

छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता—२०८१ को उपाधी भुरुङचौकीले जित्यो

मङ्सिर २२, वालिङ ।
स्याङ्जाको बिरुवा गाउँपालिकाले यही मङ्सिर १९ देखि २१ गतेसम्म सञ्चालित छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ सम्पन्न गरेको छ । सम्पन्न छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ उपाधी भुरुङचौकी माध्यमिक विद्यालयले जितेको छ । उपाधी जितेसँगै भुरुङचौकीले नगद रु.३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी नवज्योति मावि १ नम्वर वडाले दोस्रो स्थान प्राप्त गरेको छ भने जामुने भञ्ज्याङ मावि वडा नम्वर ३ ले तृतीय स्थान हाँसिल गरेको छ । यस्तै ६ नम्वर वडाको जनप्रिय मावि सान्त्वनामा चित्त बुझाएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयले क्रमशः रु. ३०, २०, १५ र १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाछन् ।
समापन कार्यक्रममा पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशसभा सदस्य सीता सुन्दासले खेल जीवनका लागि भएको बताउनुभयो । वास्तवमै खेल स्वास्थ्यका लागि, राष्ट्रका लागि र जीवनका लागि भएको उहाँको भनाई थियो । खेलले विद्यार्थीहरुलाई अनुशासित हुन सिकाउँछ । सिर्जनशील हुन सिकाउँछ र खेलले उनीहरुको सर्वाङ्गीण विकासमा टेवा पु¥याउँछ ,गण्डकी प्रदेशसभा सदस्य सुन्दासले भन्नुभयो । उहाँले विशषगरी मानसिक र शारीरिकरुपमा स्वस्थ एवम तन्दुरुस्ती राख्नका लागि खेलले मदत गर्ने उल्लेख गर्नुभयो । खेलको माध्यमबाट व्यक्तित्व विकाससँगै पालिका, जिल्ला र समग्र राष्ट्रको पहिचान दिने उहाँको भनाई छ ।
यसैगरी गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले यस पटक सहभागी विद्यार्थीको दुर्घटना बीमा गरी हौसला प्रदान गरिएको र आगामी दिनमा यसैगरी थप व्यवस्थापन गर्ने विश्वास व्यक्त गर्नुभयो । बिरुवा गाउँपालिकाले धेरै राष्ट्रिय खेलाडी जन्माएको उल्लेख गर्दै अध्यक्ष कुँवरले विद्यार्थीको व्यक्तित्व विकाससँगै राष्ट्रिय पहिचानका लागि हरदम लागिरहने बताउनुभयो ।
प्रतियोगितामा छात्र छात्रा भलिबल, दौड, लङ्जम्प, त्रिपलजम्प, ठेलो फाल्ने, ज्याव्लिङ थ्रो लगायतका खेलमा प्रतिस्पर्धा गराइएको थियो । गाउँपालिकाको वडा नम्वर ८ मा रहेको मेथाभुरुङस्थित पुष्पमदन खेलमैदानमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ सञ्चालन गरिएको गरिएको थियो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर