जगत भञ्ज्याङमा तीजगीत प्रतियोगिता, सुरक्षा आमा समूह प्रथम
भदौ १९,स्याङ्जा ।
वालिङ नगरपालिका वडा नम्वर ५ ले हरितालिका (तीज) पर्वको अवसरमा तीजगीत प्रतियोगिता सम्पन्न गरेको छ । मङ्गलबार वडा कार्यालय प्राङ्गणमा टोलस्तरीय तीजगीत प्रतियोगिता—२०८१ सम्पन्न गरिएको हो । प्रतियोगितामा सुरक्षा आमा समूह जरकोटले प्रथम स्थान हासिल गरेको छ । यसैगरी जनहित आमा समूह बेसारडाँडा द्वितीय र डेलडाँडा आमा समूहले तृतीय स्थान हाँसिल गरेको छ ।
कार्यक्रममा वालिङ नगर कार्यपालिकाका पूर्व सदस्य जमूना केसीले तीजगीत प्रतियोगिताले महिलाहरुको सम्मानमा टेवा पु¥याउने बताउनुभयो । पूर्व सदस्य केसीले कार्यक्रमको आयोजना गरेर वडाले अभिभावकत्वको भूमिका निभाएको बताउनुभयो । तीज हाम्रो मौलिक परम्परा हो र यस्ता प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेर दिदी बहिनीहरुको प्रतिभा प्रस्फुटन हुनुकासाथै सामाजित सचेतनामासमेत सहयोग पुग्ने उहाँले औंल्याउनुभयो ।
नारीहरुको महान पर्व हरितालिका (तीज) हाम्रो मौलिक संस्कृति भएको र यसको प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष छवि आलेले बताउनुभयो । “कृषि, उद्योग, पर्यटन, व्यापार, उर्जा प्रविधि र पूर्वाधार, स्मार्टसिटी वालिङको आधार” भन्ने मूल नारासहित महिलाहरुको सम्मान स्वरुप वडाले कार्यक्रमको आयोजना गरेको अध्यक्ष आलेले उल्लेख गर्नुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका समूहलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त समूहले क्रमशः १० हजार, ६ हजार, ४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । ८ समूहको सहभागिता रहेको प्रतियोगतामा बाँकि ५ वटालाई पनि नगदसहित सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment