pokhara news

जङ्गलबाट ल्याएको मौरी पूर्णबहादुरको आय आर्जनको माध्यम बन्दै

साउन १८, स्याङ्जा
निरन्तरको परिश्रम नै मानिसको जीउने असल माध्यम हो । जाँगर, सिर्जनशीलता र दृष्टिकोणले आफ्नै वरिपरी अवसर देख्छ । आफ्नै वरिपरीका अवसरको उपयोगले जीवन सहज हुनसक्छ ।
हेर्दा र सुन्दा सामान्य लाग्नसक्छ तर त्यही सामान्य लाग्ने काममा असामान्य सम्भावना हुनसक्छ । यसको प्रत्यक्ष उदाहरण बन्नुभएको छ—ज्याग्दीखोला गैह«ीका पूर्णबहादुर थापा ।
स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्वर ६ गैह«ीका पूर्णबहादुर सामान्य कृषककारुपमा चिनिनुहुन्छ । थापाको पुरानो गाउँ चापाकोट नगरपालिका ९ पिपलडाँडा हो । थापाले विगत ४० वर्षदेखि ज्याग्दीखोला गैह«ीमा कृषि पेशासँगै आफ्नो जीवनयात्रा अगाडि बढाइरहनु भएको छ । 
अहिले थापाको आयआर्जनको माध्यम मौरी बनेको छ । जङ्गलबाट उठाएर ल्याएको मौरी विस्तार गर्दैजाँदा थापासँग अहिले २५ घार छन् । गत वर्ष करिव एक क्वीण्टल मह उत्पादन गर्नुभएका थापाको आय आर्जनको माध्यम त्यही मौरी बन्दै आएको हो ।
एकदिन काठ काट्ने शिलशिलामा जङ्गल जानुभएका थापाले एउटा रुखमा मौरीको पोका देख्नुभयो । त्यो देखेपछि घरमा ल्याएर राख्ने मन लाग्यो । यो भन्दा पहिला“थापालाई मौरी पाल्ने कुनै सोंच नै आएको थिएन । मौरी त राम्रो कुरा हो, यसो विचार गरौं न, कसो नहोला र भनेर घरमा लैजाने विचार आयो । अनि घरमा ल्याएर मुढे घारमा राख्नुभयो । न त अनुभव, न कसैको सल्लाह, न त कुनै ज्ञान थियो, मात्र गाउघरमा मौरीका एक दुई मुढे घार देखिएको थियो । त्यही जङ्गलबाट ल्याइएको सेरेना मौरी विस्तार गर्दैजाँदा अहिले २५ घार भएका हुन् । मुढे घारमा आफ्नै तरिकाले पाल्दै गरेको मौरी विस्तारै आधुनिक घारको प्रयोग गर्दैजाँदा थापाको लागि अहिले आय आर्जनको माध्यम बन्दै आएको छ । 
उहाँ भन्नुहुन्छ, “मह जस्तो चीज आँपूmले खान  र अरुलाई पनि चखाउन पाइएको छ भने बढि भएको विक्रि गरेर आम्दानी पनि भएको छ । लाग्छ, ती मौरीले मलाई नै पर्खेर बसेका रहेछन् । अहिले तिनै मौरीलाई थप विस्तार गर्ने योजनामा छु ।”
यो वर्ष करिव १ क्वीण्टल मह उत्पादन भएको थियो । घरबाटै विक्रि हुन्छ, बजारको समस्या छैन । गाउँभन्दा बाहिरदेखि पनि माग आउन थालेको छ । त्यसैले अब अरु विस्तार गर्ने सोंचमा छु, थापाले सुनाउनुभयो । आफ्नोसँगै जोडिएको ४ रोपनी जग्गा ८० हजारमा बन्धकीमा लिएर खेतिपातीकोसाथमा अन्य उत्पादनमा जोडिएको हुँ थापाले भन्नुभयो । ५५ वर्षीय थापाका श्रीमती दुर्गामायाँकोसाथमा २ छोरा र १ छोरी छन् । छोरीको विवाह भैसकेको छ भने छोराहरु पनि तन्नेरी भएका छन् । जिविकोपार्जनका लागि आफ्नै ठाउँमा अवसर छ भन्ने अनुभवले देखाएको र यसैमा रमाउने गरेको थापाको भनाई छ ।
तालिमको नाममा एक दुइदिन मात्रै सहभागी हुन पाउनु भएका थापालाई अवसर पाए थप ज्ञान लिने बिचार छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर