pokhara news

जनतासँग जनप्रतिनिधी तथा जेष्ठ नागरिक सम्मानमा बिरुवा गाउँपालिका

माघ—१, वालिङ ।
स्याङ्जाको बिरुवा गाउँपालिका जनतासँग जनप्रतिनिधी तथा जेष्ठ नागरिक सम्मानमा लागेको छ । गाउँपालिकाले जनतासँग जनप्रतिनिधी तथा जेष्ठ नागरिक सम्मान कार्यक्रमका लागि भनेर आर्थिक वर्ष २०८१÷०८२ मा ५ लाख विनियोजन गरेको थियो । यस अन्तर्गत पालिकाका वडाहरुमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
यसैबीच ६ नम्वर वडाको चिन्नेबासमा ८० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा (ब्लाङ्केट) वितरण गरिएको छ । यो वडामा रहेका ४५ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा (ब्लाङ्केट) वितरण गरिएको हो । यसअघि ७ र ८ नम्वर वडाका ५८ जनालाई सम्मान स्वरुप न्यानो कपडा वितरण गरिसकिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी गराउनुभयो । अध्यक्ष कुँवरका अनुसार ६ नम्वर वडाकोसमेत गरी १ सय ३ जना जेष्ठ नागरिकहरुलाई ब्लाङ्केट वितरण गर्ने कार्य सम्पन्न गरिसकिएको छ । अब बाँकि रहेका १ देखि ५ नम्वर वडाहरुमा पनि छिट्टै वितरण गरिने छ । पालिकाका ८ वटै वडामा रहनुभएका कूल ३ सय ६१ जना जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप न्यानो कपडा (ब्लाङ्केट) वितरण गरिने अध्यक्ष कुँवरले बताउनुभयो । जेष्ठ नागरिकहरु जिउँदो इतिहास भएको र सामाजिक विकासमा वहाँहरुको मार्गदर्शन एवम् आशिर्वादले हामीलाई काम गर्ने हौसला प्रदान गर्ने विश्वासकासाथ सम्मान कार्यक्रमलाई प्राथमिकता दिइएको अध्यक्ष कुँवरको भनाई छ । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर