pokhara news

जिम्मेवारी र दायित्व पूरा गर्न ध्यान पु¥यायौं भने शिक्षामा सुधार गर्न सकिने—नगर प्रमुख खाँण

चैत २२, वालिङ ।
वालिङ नगर प्रमुख कृष्ण खाँणल सबैले आ—आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न ध्यान पु¥यायौं भने शिक्षा क्षेत्रमा सुधार गर्न सकिने बताउनु भएको छ । व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावक गरी ४ वटा अङ्गले विद्यालयलाई परिचालन गरेका हुन्छन् । यी सबै अङगले आ—आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न ध्यान पु¥यायौं भने शिक्षा क्षेत्रमा सुधार गर्न सकिने नगर प्रमुख खाँणले बताउनु भएको हो ।
वालिङ १३ खानीडाँडास्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा आज शुक्रबार दोस्रो दिनको कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख खाँणले सरकारले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको छ तर आशातित प्रतिफल प्राप्त गर्न नसकिएको औंल्याउनुभयो । 
उहाँले भन्नुभयो, “सरकारले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको छ तर आशातित प्रतिफल लिन सकिएको छैन । सरकारको लगानीलाई सदुपयोग गर्न विद्यालय सञ्चालनका लागि व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावक गरी ४ वटा अङ्गको आ आफ्नो भूमिका रहन्छ । यसमा एक अर्कालाई दोष लगाउने होइन, सबैले आ—आफ्नो जिम्मेवारी र दायित्वलाई पूरा गर्न ध्यान पु¥यायौं भने शिक्षा क्षेत्रमा सुधार गर्न सकिन्छ ।” यसो भन्दैमा अरुको भूमिका नै हुँदैन भन्ने होइन, जिम्मेवारी अनुसार काम गर्दै सबैको साथ र सहयोगले शिक्षा क्षेत्रको सुधारसहित प्रतिफल पनि प्राप्त गर्न सकिन्छ नगर प्रमुख खाँणले भन्नुभयो ।
कुनै पनि समाज र देश कस्तो छ भन्ने बुझ्न त्यहाँको विद्यालयको अवस्था हेरे अनुमान गर्न सकिने उहाँको भनाई छ । आज आफ्नो ५० औं वर्ष पुगेको अवसरमा यो विद्यालयले उत्साहकासाथ स्वर्ण महोत्सव मनाउनु सफलता स्वागतयोग्य छ । यति धेरै अभिभावकज्यूहरुको साथ सहयोग, शिक्षकहरुको लगनशीलता र विभिन्न अफ्ठ्याराहरुलाई पार गर्दै योग्य जनशक्ति उत्पादनमा योगदान दिन सरस्वती मावि सफल हुनु सराहनीय रहेको नगर प्रमुख खाँणले व्यक्त गर्नुभयो । 
हिजो २१ गतेदेखि स्वर्ण महोत्सव शुभारम्भ गरेको सरस्वती माध्यमिक विद्यालयले आज दोस्रो दिन पनि विविध कार्यक्रमहरु गरेको थियो । आज दोस्रोदिन भएको हिज्जे प्रतियोगितामा सगरमाथा आवासीय मावि वालिङ ६ मिर्दी प्रथम भएको छ । यसैगरी सार्वजनिक मावि गल्याङ १, मालुङ्गा द्वितीय र तृतीय स्थान सरस्वती मावि खानीडाँडा भयो भने सार्वजनिक मावि गल्याङ १, ले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयहरुले नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । 
यसैगरी विद्यार्थीहरुद्वारा साँस्कृतिक प्रस्तुति, अभिभावक एवम् सहयोगदाताहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । साथमा राष्ट्रिय कलाकारहरु यज्ञ सापकोटा र टङ्क डुम्रेको प्रस्तुतिले निकै रमाइलो गराएको थियो । यस्तैगरी रोट्र्याक क्लव तथा सिद्धार्थ डेण्टल क्लिनिक वालिङको प्राविधिक सहयोगमा निशुल्क दन्त परीक्षण शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर