जिल्लाको वृहत्तर विकासका लागि छलफल
असोज ६, स्याङ्जा
स्याङ्जाको वालिङमा जिल्लाको वृहत्तर विकासका लागि छलफल गरिएको छ । आज आइतबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाको समन्वयमा जिल्लाको समग्र विकासका लागि छलफल गरिएको हो । दशैं अगाडि मुख्य सचिव एकनारायण अर्याल वालिङ आउने कार्यक्रम रहेकाले तयारीका लागि भेलाको आयोजना गरिएको हो । मुख्य सचिव अर्याल आउँदै गर्दा जिल्लाको समृद्धिका लागि विशेष कुराकानी गर्ने कार्यक्रम भएकाले तयारीका लागि जिल्ला प्रशासन कार्यालयले छलफलको आयोजना गरेको हो ।
कार्यक्रममा जिल्ला समन्वय स्याङ्जाका उप प्रमुख, जिल्लास्थित नगरपालिका तथा गाउँपालिकाका प्रमुख एवम् प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ (निजी क्षेत्र) का प्रतिनिधि र सञ्चारकर्मीलगाएत सरोकारवालहरुको सहभागितामा वृहत छलफल भएको छ ।
छलफल कार्यक्रमका सहभागीहरुले सिद्धार्थ राजमार्ग विस्तारलाई प्राथमिकता दिएका छन् । पोखरादेखि सुनौली जाने सिद्धार्थ राजमार्गको विस्तारले समग्र जिल्लाकै विकासमा भूमिका खेल्ने भएकाले यसको स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्ने सहभागीहरुको धारणा छ । शाखा सडक मार्फत सिद्धार्थ राजमार्ग कालिगण्डकी करिडोर तथा लोकमार्गसँग पनि सहज पहुँचलाई महत्वकासाथ लिनुपर्ने सहभागीहरुले बताएका छन् ।
यसकासाथै जिल्लाको मध्येभाग वालिङमा रहेको इलाका प्रशासन कार्यालयमा प्रयाप्त कर्मचारीको अभावले सेवा प्रवाहमा समस्या रहेकाले सो को लागि जिल्ला प्रशासन कार्यालयलाई ध्यान आकृष्ट गराएका छन् ।
यसकासाथै आँधिखोला हाइड्यामको विषय धेरै पटक उठ्ने गरेको छ तर काम हुन सकेको छैन । जिल्लामा रोजगारी सिर्जनाहुनुका साथै आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले कसरी गर्न सकिन्छ भन्नेतर्फ ध्यान आकृष्ट गराइने पनि भेलाको निष्कर्ष छ । कार्यक्रम वालिङ नगरपालिकाका उप प्रमुख कविता तिवारीको अध्यक्षतामा गरिएको हो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment