जिल्ला प्रशासनको अनुरोध
भदौ १२, स्याङ्जा ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नेपाली महिलाहरुको महान पर्व हरितालिका (तिज) पर्वलाई मौलिक रुपमा मनाउन आग्रह गरेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाको दिन हर्षोल्लासका साथ मनाईने हरितालिका (तीज) पर्व कुनै तडक भडक नगरी मौलिक रुपमा मनाउन प्रशासनले ११ गते मङ्गलबार एक सूचनामार्फत आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलद्वारा जारी सूचनामा पछिल्ला समय तीज पर्व परम्परागत मौलिक चरित्र र सामाजिक सांस्कृतिक मान्यतालाई ओझेलमा पार्ने गरी अनावश्यक रुपमा खर्चिलो तथा भड्किलो हुँदै गएको र देखासिकीमा परिवारले धान्न नसक्ने तथा मुस्किल पर्ने गरी फजुल खर्च गर्ने देखिएको भन्दै प्रशासनले मौलिक परम्पराका आधारमा मान्न मनाउन भनेको छ ।
विभिन्न प्रस्तुतिहरुमा मौलिकता र व्यक्तिगत रचनाले प्राथमिकता पाउन छाडेको जस्ता गुनासाहरु प्राप्त भएकोले तीज पर्व मनाउँदा हाम्रो समाजको परम्परागत मौलिकता, सांस्कृतिक परम्परा र गौरव कायम राख्दै स्थानीय प्रतिभाहरुलाई प्रस्फुटन हुने वातावरण सिर्जना गर्न जिल्ला प्रशासनको सूचनामा भनिएको छ । महिला शसक्तिकरण, लैंगिक समानता र सामाजिक सद्धभाव बढाउने गरी स्वस्थ र शान्तिपूर्ण रुपमा र हार्दिकतापुर्वक ढंगले मनाउन प्रशासनले आग्रह गरेको हो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment