pokhara news

जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्वारा वालिङमा अन्तरक्रिया

माघ १०, वालिङ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्वारा वालिङमा अन्तरक्रिया गरिएको छ । वालिङ नगरपालिकाको व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजननामा स्थानीय तहमा शान्ति सुरक्षा, अपराध, लागुऔषध दुरुपयोग नियन्त्रण र सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया गरिएको हो । 
कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांँणले स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न नागरिकलाई सुरक्षित महशुस गराउनका लागि प्रशासन, प्रहरी र स्थानीय तहको समन्वय हुनुपर्नेमा जोड दिनुभयो । साथै प्रमुख खांँणले नागरिकलाई सुरक्षित बनाउन नगरले कुनै कसर बाँकी नराख्ने भन्दै प्रशासन र प्रहरीसंँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लामा रहेका प्रहरी चौकीहरुमा दरबन्दी अनुसारको प्रहरी संँख्या कम हुने समस्या देशभरीकै रहेको र आफ्ना नागरिकलाई सुरक्षित बनाउन जनप्रतिनिधिको पनि उत्तिकै भूमिका रहने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नेपालले जिल्लाभित्र रहेका सरकारी कार्यालयहरुले आफ्ना सेवा प्रवाहको विषयमा जानकारी गराईरहनुपर्ने व्यक्त गर्नुभयो । कम्युनिकेशन ग्याबका कारण कतिपय समस्याहरु सिर्जना भईरहेको नेपालले बताउनुभयो ।
उहाँले नागरिकले सहज सेवा नपाउनुमा सम्बन्धित कार्यालय र जनप्रतिनिधि दुवैले जिम्मा लिनुपर्ने र कुनै पनि नेपाली नागरिकताबाट वञ्चित नहुँने उल्लेख गर्नुभयो । पछिल्लो समय सवारी हर्न, तीव्र गतिका कारण असुरक्षित भएको भन्ने जिज्ञासामा प्रजिअ नेपालले यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिनुभयो । घटनादर्ता समयमै गराउनुपर्ने भन्दै धेरै समस्याहरु घटनादर्ता समयमै नभएका कारण पनि उत्पन्न भएको भन्दै वडा अध्यक्ष तथा सदस्यहरुले यस्ता विषयहरुमा सर्कुलर गर्नुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक हरिप्रसाद पौडेलले अपराध नियन्त्रणमा प्रहरीको सक्रियता, भईरहेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रनाउ पौडेलले आर्थिक वर्ष २०८१÷०८२ मा दुर्घटना न्युनिकरणका लागि, जेब्राक्रस निर्माण, बोर्ड निर्माण तथा बोर्ड राख्ने, सचेतना कार्यक्रम, ग्रामिण क्षेत्रमा चल्ने जीपको हुट हटाउने, सचेतनामूलक स्लोगन स्टिकर टाँस्ने, हर्न, झल्लर, स्टिकर हटाईएको लगायतका विवरण सहित जिल्लामा प्रहरीले गरेका कामकारबाहीका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जनप्रनिधि, विद्यालयका प्रअ, वडा सचिव, पत्रकार, उद्योगी व्यापारी, राजनीतिक दललगायतको सहभागिता रहेको थियो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर