जेष्ठ नागरिक स्कुल सञ्चालनमा रामपुरको तयारी
रामपुर, १७ कात्तिक– पाल्पाको रामपुरमा जेष्ठ नागरिक स्कुल सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । जेष्ठ नागरिकहरुका लागि सञ्चालन गरिने रामपुर जेष्ठ नागरिक स्कुल सञ्चालनका लागि व्यवस्थापनका विभिन्न कामहरु अगाडि बढाइएको छ । यसै आर्थिक वर्षदेखि जेष्ठ नागरिक स्कुल सञ्चालन गर्ने र सञ्चालनको अन्तिम तयारी भइ रहेको हो । नगरपालिकाको ५ नम्वर वडाको रामघाटमा सञ्चालन गरिने जेष्ठ नागरिक स्कुलको भवन निर्माणलगायतका काम गरिसकिएको छ । यसैगरी जेष्ठ नागरिकहरुलाई स्कुलसम्म आवतजावतका लागि बसको व्यवस्था गरिएको छ भने व्यवस्थापन समितिसमेत गठन भैसकेको छ ।
यसैबीच रामपुर जेष्ठ नागरिक स्कुल सञ्चालनका लागि बुद्धि प्रकाश रेग्मीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालन समिति गठन गरेको छ । जसको उपाध्यक्षमा मिनराज रेग्मी, कोषाध्यक्ष चन्द्रा न्यौपाने, सहसचिव सुरज गौतम र सदस्यहरुमा दुर्गाप्रसाद पोखरेल, सुन्दर प्रसाद देवकोटा , कृष्ण प्रसाद अर्याल, फत्तबहादुर मल्ल, चन्द्र बहादुर राना, देविका गहतराज र सदस्य सचिवमा प्रविन तिमिल्सेना रहनु भएको छ ।
नवगठित समितिलाई बधाइ दिंदै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले जेष्ठ नागरिकहरुको भावनालाई बुझेर जेष्ठ नागरिकमैत्री रुपमा कक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो । यसका लागि स्कुल भित्र गरिने व्यवहारमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ ।
संस्कृतिको संरक्षणसंँगै उमेर पुगेका नागरिकहरुको सम्मान सहितको सक्रिय जीवन निर्वाहका लागि स्कुल सञ्चालन गर्न लागिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । साथै उहाँले नगरपालिका भित्रका सबै विद्यालयलाई क्रमश जेष्ठ नागरिक स्कुलमा अध्ययन अवलोकनको व्यवस्था गरिने जानकारी दिनुभयो ।
जेष्ठ नागरिक स्कुलले संस्कार संस्कृतिको संरक्षण र पुस्तान्तरणमा टेवा पुग्ने छ । जेष्ठ नागरिक स्कुलमा विभिन्न धार्मिक प्रवचन, भजन कृतन, विभिन्न घरेलु सामग्री र यसको प्रयोग, जेष्ठ नागरिकहरुका लागि दिवा खाजा, स्वास्थ्य परीक्षणसहित सन्ध्या आरतीको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment