pokhara news

ट्राफिक कार्यालय स्याङ्जाद्वारा दशैँको १५ दिनमा झण्डै २० लाख राजस्व संकलन

स्याङ्जा ३ कार्तिक ।

जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले दशैँको अवधि १५ दिनमा झण्डै २० लाख राजस्व संकलन गरेको छ । असाेज १७ देखि कार्तिक २ गतेसम्मको अवधिमा ट्राफिक प्रहरीले १९ लाख ३४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको हो । ट्राफिक प्रहरीले चाडपर्व विशेष अभियान अन्तर्गत दुर्घटना न्युनिकरणका लागि थप तदारुकता अपनाएको थियो ।

चाडपर्वका बेला सार्वजनिक सवारीले सिट क्षमताभन्दा धेरै यात्रु सवार गराउँदा दुर्घटनाको जोखिमहुने भएकाले यो दशैँमा ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई गरेको थियो । यो १५ दिनको अवधिमा सिट क्षमताभन्दा धेरै यात्रु राख्ने सवारी सबैभन्दा धेरै कारबाहीमा परेका छन् ।

सिट क्षमताभन्दा धेरै यात्रु राख्ने २ सय सवारी कारबाहीमा पर्दा झण्डै १६ लाख राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जा प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले मापसे गरी सवारी साधन चलाउने ७० जनालाई कारबाही गर्दा ३५ हजार, सिट बेल्ट नबाँधीकन सवारी चलाउने ८० जनालाई कारबाही गर्दा ६५ हजार, मोबाईल फोनको प्रयोग गर्दै सवारी चलाउने ९५ जनालाई कारबाही गर्दा ७५ हजार, सिट क्षमताभन्दा बढी यात्रु राख्ने २ सय सवारीलाई कारबाहीगर्दा १५ लाख ९५ हजार, प्राईभेट नम्बर प्लेटका सवारीले सार्वजनिक यात्रु ओसार्ने २२ जनालाई कारबाही गर्दा ४४ हजार, तिव्र गतिमा सवारी चलाउने ४० जनालाई कारबाही गर्दा ३१ ह्जार र अन्य शिर्षकका कारबाहीमा परेका ९५ सवारी चालकबाट ८९ हजार ५ सय गरी १९ लाख ३४ हजार ५ सय राजस्व संकलन गरेको हो ।

यस्तै प्रहरीले पर्व विशेषमा सचेतना मूलक कार्यक्रमसमेत संचालन गरेको थियो । यो अवधिमा २ सय पटक सचेतना कार्यक्रमबाट ३२ जनालाभान्वितभएका छन् । यो दशैँको अवधिमा स्याङ्जामा कुनै सवारी दुर्घटना भने नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चाडपर्वका बेला स्वयम् यात्रु पनि सचेत हुनुपर्ने भएकाले ट्राफिक प्रहरीले यात्रुहरुलाई पनि सचेत गराएको हो । भीडभाड भएको सवारीमा यात्रा गर्दा जोखिमहुने भएकाले ढिलो पुगे अवश्य पुगिन्छ भन्ने मनोभावना राख्नुपर्ने यसले संभावित दुर्घटनाबाट बच्न सकिने प्रहरीले जनाएको छ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर