ठुला पर्व आएसंँगै वालिङ आसपासका ग्रामिण सडक सफाई सुरु
असोज ८, स्याङ्जा ।
नेपालीहरुको महान पर्व दशैँ, तिहार, छठलगायतका पर्वहरु नजिकिएसंँगै वालिङका ग्रामिण सडकखण्डको सफाई सुरु गरिएका छन् । बिभिन्न उद्देश्यले बाहिर रहेकाहरु पर्व मनाउन आउँदैगर्दा सामाग्रीहरु पु¥याउन र आउने जानेलाई सहज यात्राका लागि ग्रामिण सडकको सफाई सुरु गरिएको हो ।
विशेष गरी वर्षादका कारण खाल्डाखुल्डी भएका, पहिरो झरेका सडकहरुको सफाई गरिएको छ । यसै शिलशीलामा गण्डकी प्रदेशकै प्रशिद्ध गह्रौँसुर धार्मिक तथा पर्यटकीय स्थल जान थप सहज होस भन्ने हेतुले वालिङ ८ को विपिचोक देखि सरसफाई गरिएको ८ नम्वर वडा सदस्य तथा जिल्ला समन्वय सदस्य सरस्वती बगालेले बताउनुभयो । एक सातादेखि काफलडाँडाहुँदै रोग्दीठाँटीसम्मको सडक सफाईको काम भैरहेको छ ।
विपि चोकदेखि गह्रौँसुर जाने काफलडाँडासम्म ग्रामिण सडक ११ किलोमिटरको सफाई जारी राखिएको जिल्ला समन्वय सदस्य बगालेले बताउनुभयो । उहाँका अनुसार वडाको सिफारिसमा नगरपालिकाले डोजर र टिप्पर पठाएपछि सडक सफाई कार्यमा जनप्रतिनिधिसहित खटिएर लागिएको हो । वालिङ काफलडाँडा हुँदै गह्रौँसुर जाने सडकमा सवारी आवातजावात भएपनि मन्दिर जाने तथा उक्त सडक हुँदै यात्रा गर्ने यात्रुलाई सहजताको लागि बाटो सफाई गरीएको हो ।
सिद्धार्थराजमार्ग अन्तर्गत वालिङ बजार चोकदेखि १४ किलोमिटरको दुरीमा पुग्न सकिने प्रसिद्ध गहौँसुर मन्दिरमा विशेष गरी बडादशैँ र चैतेदशैँमा विशेष मेला लाग्छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म गह्रौँशुर मन्दिरमा बलि दिने तथा पूजापाठ गर्ने गरिन्छ ।
यस्तै वालिङ ११ का ग्रामिण सडक खण्डहरुको पनि सफाई तीव्र पारिएको वडा अध्यक्ष डण्डपानी पंगेनीले बताउनुभयो । वडामा रहेका ग्रामिण सडकहरु मध्ये ६५ प्रतिशत सफाई कार्य सकिएको उहाँले बताउनुभयो । जनप्रतिनिधि, टोलका प्रतिनिधि सहितको प्रत्यक्ष सहभागितामा डोजर तथा टिपर लगाएर सफाई गरिएको अध्यक्ष पंगेनीले जानकारी गराउनुभयो । उक्त सडकहुँदै काम चलाउको लागि सवारीहरु ओहोरदोहोर गरेपनि खाल्डा खुल्डी पुर्ने, झाडी हटाउने, साना साना पहिरो हटाउने गरिएको छ । दशैँमा आउने तथा हिँउदलागेसंँगै ग्रामिण सडकलाई सहज बनाउन सरसफाई गरिएको अध्यक्ष पंगेनीले उल्लेख गर्नुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment