डिभिजन वन कार्यालयद्वारा घाँस र फलफूलका झण्डै ३० हजार बिरुवा वितरण
वालिङ २१ असार ।
डिभिजन वन कार्यालय स्याङ्जाले बहुउपयोगी घाँस एवम् फलफूलका बिरुवा बितरण गरेको छ । वन कार्यालयले बहुउपयोगी घाँस एवम् फलफूलका झण्डै ३० हजार बिरुवा वितरण गरेको हो । वन कार्यालय अन्तर्गत जिल्लामा रहेका विभिन्न सब डिभिजन वन कार्यालयहरुबाट बहुउपयोगी तथा डालेघाँसका विरुवाहरुमा राइखनियो, निमारो, ईपिलिपिल, खयर, फलपूmलजन्य कटहर, बडहर, चिउरी जडीबुटि तथा मसलाजन्य तेजपात, टिमुर, अमला, सित्तलचिनि, कुरिलोलगायतका विरुवाहरु वितरण गरिएको हो । जिल्ला वन कार्यालयका अनुसार यही असार १६ गतेदेखि अहिलेसम्म कार्यालय तथा मातहतका सव डिभिजन कार्यालयहरुबाट २८ हजार ६ सय १० भन्दा धेरै बिरुवाहरु वितरण छ ।
बहुउपयोगी ५० हजार, बहुवर्षे १५ हजार र जडीबुटिजन्य २५ हजार गरी ८५ हजार बिरुवा यो वर्ष उत्पादन गरेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख नवराज बरालका अनुसार कार्यालयले कृषकलाई प्रत्यक्ष फाईदा पुग्ने डाले घाँसहरु, सौन्दर्यताको लागि बहुवर्षे बिरुवाहरु धुपी, कल्की जस्ता बिरुवा र पछिल्लो समय बाँझो जग्गामा लगाउन सकिने बाँदरले असर नगर्ने खालका टिमुर र कुरिलोलाई प्राथमिकता दिएर उत्पादन गरेको थियो ।
प्रमुख बरालले भन्नुभयो,“हामीले कृषकहरुलाई प्रत्यक्ष लाभ हुने खालका बिरुवासंँगै राजमार्ग सौन्दर्यताका लागि आवश्यक धुपी, कल्की उत्पादन गरेका छौँ ।” जमिन बाँझिने क्रम बढेकाले जग्गाको सदुपयोग गर्न सकियोस भन्ने हेतुले टिमुरका बिरुवा उत्पादनमा लागेको उल्लेख गर्नुभयो । अन्नबालीमा वन्यजन्तुले क्षति गरिरहेका बेला टिमुर बैकल्पिक खेति हुन सक्ने र मसलाजन्य बिरुवा लगाउँदा फाईदा हुने प्रमुख बरालको भनाई छ ।
बाडखोला सव डिभिजन वन कार्यालयबाट बहुउपयोगी कटहर, बडहर, राईखनियो जातका ६ हजार १२२ बिरुवा, जडीबुटिजन्य तेजपात १ हजार र ४ सय १६ वितरण गरेको छ भने सव डिभिजन वन कार्यालय पुतलीबजारबाट निमारो, ईपिललिपिल, बडहर, राईखनियो जस्ता विरुवा १० हजार ७ सय २३, टिमुर, तेजपात, सित्तलचिनी, कुरिलो, अमला जस्ता ९ हजार ५ सय ७६ बिरुवा वितरण गरेको छ । त्यस्तै खयर, इपिललिपिल, बडहर, जस्ता बिरुवा गल्याङ कालीगण्डकी सव डिभिजन वन कार्यालयबाट ४ सय ६६ र चिउरी, कुरिलो, टिमुरजस्ता ३ सय ६ वटा बिरुवा वितरण गरिएको छ ।
पछिल्लो समय विभिन्न राजमार्ग तथा सडक छेउछाउलाई हराभर बनाउनसमेत डिभिजन वन कार्यालयबाट विरुवाहरु लाने गरेका छन् भने विद्यालय परिसर र कार्यालय परिसरमासमेत जडीबुटि जन्य बिरुवा लगाउने क्रम बढेको छ । जिल्लामा विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरुले वन कार्यालयबाट बिरुवा लैजाने गरेका छन् । त्यस्तै विभिन्न कृषक समूह, वडा तथा पालिका, संघसंस्था, आमा समूह तथा क्लबहरुलेसमेत कार्यालयबाट बिरुवा लगेका छन् । समूह बाहेक व्यक्तिगत रुपमा र कृषि तथा पशुपालन गरेका कृषकहरुले पनि घाँसका बिरुवाहरु कार्यालयमा माग गरेर लैजाने गरेका छन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment