तीजलाई सांस्कृतिक रुपान्तरणको अभियानकारुपमा लिनुपर्दछ—पूर्वमन्त्री अर्याल
भदौ १, वालिङ ।
नेकपा एमालेका केन्द्रीय सचिव एवम् पूर्वमन्त्री अर्यालले तीज पर्वलाई सांस्कृतिक रुपान्तरणको अभियानकारुपमा लिनुपर्ने बताउनुभएको छ । पूर्वमन्त्री अर्यालले महिलाहरुको जीवनमा परिवर्तन ल्याउने र सांस्कृतिक रुपान्तरणको अभियानकारुपमा तीज पर्वलाई लिनुपर्नेमा जोड दिनुभयो ।
अखिल नेपाल महिला संघ वालिङ नगर कमिटीद्वारा आज आइतबार वालिङमा आयोजित तीज विशेष कार्यक्रममा सम्वोधन गर्दै केन्द्रीय सचिव अर्यालले संस्कृतिको संरक्षण गर्दैगर्दा यसलाई भद्दा बनाइनुहुँदैन भन्ने हामी सबैले बुझ्नुपर्ने औंल्याउनुभयो ।
पर्वहरु हुनेखानेका लागि मात्र होइन हुँदाखानेहरुका निम्ती पनि उत्तिकै उत्सवको रुपमा अगाडि बढ्नुपर्छ । उहाँले भन्नुभयो, “आज तीज भड्किला र खर्चिला भएका छन्, हामी के चाहन्छौं भने यस्ता तीज पर्वहरु हुनेखानेका लागि मात्र होइन हुँदाखानेहरुका निम्ती पनि उत्तिकै उत्सवको रुपमा अगाडि बढ्नुपर्छ । त्यसैले जब तीज आउँछ तव गरगहना र नयाँ तथा महँगा साडी लगाउनुपर्छ भन्ने स्थितिको अन्त्य गर्नुपर्छ ।”
यो एउटा महिला अधिकारका लागि र महिला शसक्तिकरणको अभियानलाई निरन्तरता दिने पर्वकोरुपमा लैजानुपर्छ । हामी रुपान्तरण गर्दै छौं, हामी प्रगति गर्दै छौं । हिज भन्दा आज सुखद क्षण आएका छन् । देशमा आएको राजनीतिक परिवर्तनसँगै हामी सबैको योगदानले ती क्षणहरु आएका हुन् । हामीलाई यतिले मात्र पुग्दैन, समान अधिकारका कुरा गरेका छौं, यस अभियानमा अभिछिन्नरुपमा अगाडि बढ्नुपर्छ । यस अभियानमा तीजपर्व हामी सबैका लागि प्रेरणादायी बनोस् भन्दै सचिव अर्यालले शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा महिलाहरुकोसाथमा नगरदेखि प्रदेश तथा केन्द्रीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment