तीज स्वतन्त्रताको पर्व हो ः पूर्व मन्त्री अर्याल
भदौ २०, स्याङ्जा ।
नेपाल सरकारका पूर्व मन्त्री पद्मा अर्यालले तीज स्वतन्त्रताको पर्व भएको बताउनुभएको छ । बुधबार अखिल नेपाल महिला संघ वालिङ नगरकमिटिको दोस्रो नगर सम्मेलन तथा तीज विशेष कार्यक्रमको उद्घाटन गर्दै पूर्व मन्त्री अर्यालले सत्य युगमा हिमालयकी पुत्री पार्वतीले आँफूले रोजेको स्वामी प्राप्त गरेको प्रशङ्ग जोड्दै महादेव पति पाउँ भनी ब्रत बसी आँफूले रोजेको पति प्राप्त गरेकाले तीज स्वतन्त्रताको पर्व भएको बताउनुभएको हो ।
नेकपा एमाले केन्द्रीय कमिटि सचिवसमेत रहनुभएकी अर्यालले भन्नुभयो, “हिँजोको तीज मनाउने शैली फरक थियो, विकास थिएन् माईती जान नपाएको, पारिवारिक वेदना, पढ्न लेख्न नपाएको प्रशङ्गलाई गीतमार्फत उजागर गर्दै माईती, चेलिबेटि भेट्ने पर्वको रुपमा मनाईन्थ्यो ।”
आजको विकसित समाज भएको र प्रविधिको विकास भएकाले महिलाहरु घरको चुलोचौकीबाट बाहिर निस्किएको अवस्था छ । अबको तीज सामाजिक प्रतिष्ठा पढाउँदै आफ्नो व्यक्तित्व विकास गर्ने पर्वको रुपमा मनाउनुपर्नेमा पूर्व मन्त्री तथा एमाले केन्द्रीय कमिटि सचिव अर्यालले जोड दिनुभयो । हिँजो आमा तथा दिदीहरुको समयमा मिलन चौतारीको रुपमा मनाएको तीज अब परिवर्तनको रुपमा मनाउनुपर्ने उहाँको भनाई छ ।
अबको पुस्ताले तीज पर्व कसरी मनाउने भन्ने बहस चलिरहेको बेला पूर्व मन्त्री अर्यालले आर्थिक सामाजिक रुपमा कसरी शसक्त हुने भन्ने विषयमा पर्वहरु केन्द्रित हुनुपर्ने धारण राख्नुभयो । नहुँदा पनि मिठो खानैपर्ने नयाँ कपडा लगाउनैपर्ने भन्दा पनि हाम्रा पर्वहरु मौलिक तवरमा मनाउनुपर्नेमा उहाँको जोड थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment