दहथुम बहुमुखी क्याम्पसमा डेढ लाख बढी छात्रवृत्ति वितरण
भदौँ— २९, वालिङ ।
स्याङ्जाको भीरकोटस्थित दहथुम बहुमुखी क्याम्पसमा डेढ लाख बढीको छात्रवृत्ति वितरण गरिएको छ । भीरकोट नगरपालिकाको आर्थिक सहयोगमा क्याम्पसले शनिबार एक कार्यक्रमको आयोजनागरी १ लाख ६३ लाखको छात्रवृत्ति वितरण गरेको हो । स्नातक तहमा अध्ययनरत जेहेन्दार, गरिब, असहाय, नियमित, उत्कृष्ट विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति वितरण गरिएको छ ।
छात्रवृत्ति वितरण गर्दै भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले उच्च शिक्षाको उन्नति विना समग्र विकास सम्भव नहुने बताउनुभयो । साथै नगरप्रमुख कर्माचार्यले नगरपालिकाले यहाँका विद्यार्थीलाई यहीँ अध्ययन गर्ने वातावरण सिर्जनामा टेवा पुगोस भनेर नगरले छात्रवृत्ति वितरणका लागि हरेक वर्ष सहयोग गर्दै आएको बताउनुभयो । नगरको विकास मध्ये शैक्षिक विकास पनि एक भएको भन्दै नगरका विद्यार्थीलाई अध्ययनमा सहज बनाउन शिक्षामैत्रि कार्ययोजनाकासाथ अगाडि बढेको नगरप्रमुख कर्माचार्यले उल्लेख गर्नुभयो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले क्याम्पसको ऐतिहासिक पृष्ठभूमिका बारेमा स्पष्ट पार्दै क्याम्पसलाई विद्यार्थी तथा अभिभावकहरुको आकर्षण बढाउनका लागि उचित योजनाका साथ अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा क्याम्पसका ७१ जना विद्यार्थीले नगद २ देखि ६ हजारसम्म छात्रवृत्ति प्राप्त गरेका छन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment