pokhara news

नगरस्तरीय विद्यार्थी नृत्य प्रतियोगितामा बालविद्या प्रथम

मङ्सिर १६, वालिङ ।
स्याङ्जाको वालिङमा सञ्चालित नगरस्तरीय विद्यार्थी नृत्य प्रतियोगितामा बालविद्या विकास माध्यमिक विद्यालय प्रथम भएको छ । वालिङ नगरपालिकाले आयोजना गरेको विद्यालय स्तरीय नृत्य प्रतियोगितामा बाल विद्या विकास माध्यमिक विद्यालय प्रथम भएको हो । शनिवार पंतञ्जली योग पिठ भवनमा आयोजित प्रतियोगितामा नगरभित्रका कुल ११ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए ।
विद्यार्थीको प्रतिभा प्रस्फूटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । यस्ता कार्यक्रमले प्रतिभा मात्र नभई स्थानीय कला संस्कृति र भेष भूषाको संरक्षण पनि हुने प्रमुख खाँणको भनाई थियो ।
सोही कार्यक्रममा बोल्दै नगरउप्रमुख कविता गैह्रेले पढाईको अतिरिक्त विद्यार्थीको रुचि अनुसारको क्षमता पहिचान गर्न नगरले सहयोग गर्ने बताउनुभयो । यस्ता नृत्य प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास बढाउँदै कला प्रदर्शन गर्ने र शारीरिक क्षमता विकास हुने गैह्रेको भनाई थियो ।
प्रतियोगितामा द्वितीय—अर्मादी मावि, तृतीय—सगरमाथा मावि  र सान्त्वना भएको बाल सिद्ध माध्यमिक विद्यालय भएका हुन् ।  विभिन्न स्थान प्राप्त गर्ने विद्यालयहरुलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद र प्रमाण पत्र सहित सम्मानित गरिएको थियो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर