निम्वार्क सत्सङ्गाश्रममा श्रीमद्भागवत् कथा प्रवचन एवम् विविध कार्यक्रम हुने
माघ १३, वालिङ ।
स्याङ्जाको गल्याङ नगरपालिका ११ हुँगिघाट पाखिचौरस्थित निम्वार्क सत्सङ्गाश्रममा श्रीमद्भागवत् कथा प्रवचन एवम् विविध कार्यक्रम हुनेभएको छ । निम्वार्क सत्सङ्गाश्रम तथा श्रीराधासर्वेश्वर भगवान्को वार्षिकोत्सवका अवसरमा यही माघ १९ देखि २५ गतेसम्म श्रीमद्भागवत् कथा प्रवचन एवम् विविध कार्यक्रम हुनेभएको हो ।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा १९ गते शनिबार पूर्वाङ्ग, अष्टयाम आरती एवम् कथा प्रवचन प्रारम्भ हुनेछ । दोस्रोदिनदेखि नियमित आरती तथा कथा प्रवचन एवम् विविध कार्यक्रमहरु हुने र २५ गते तिलाचन, पूर्णाहुति, प्रसाद वितरणसहित समापन गरिने आयोजकले जानकारी गराएको छ ।
कार्यक्रम अनुसार २१ गते सरस्वती पूजासहित बृहत् काव्य गोष्ठी गरिने छ । दिउसो १२ देखि ३ बजेसम्म हुने गोष्ठीमा ‘वासन्ती काव्य यामिनी’ वृहत् काव्य रचनावाचनसमेत हुनेछ ।
काव्य गोष्ठी कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, पुतलीबजार प्रज्ञा प्रतिष्ठान, वालिङ प्रज्ञा प्रतिष्ठान, गल्याङ प्रज्ञा प्रतिष्ठान र भेषजराज साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा हुनेछ । कार्यक्रममा नेपालमा निम्बार्क दर्शन र त्यसको परम्परा, नेपाली बाल साहित्यका विधाको इतिहास र वृहद्वास्तुशास्त्र गरी तीनवटा पुस्तक विमोचन गरिने छ ।
यसैगरी २२ गते माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछ । प्रतियोगीहरुका लागि ‘वैदिक सनातन धर्मको वैज्ञानिकता’ शिर्षक तय गरिएको सत्सङ्गाश्रमका सचिव दीनदयाल रेग्मीले जानकरी दिनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ८ हजार, ५ हजार र ३ हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिने छ ।
कथा प्रवचन पण्डित ध्रुवराज अर्यालज्यूबाट हुनेछ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment