pokhara news

निर्णायक राष्ट्रिय शक्ति निर्माणको आह्वान गर्दै स्याङ्जा–१ मा गुरुङको अपिल

 

स्याङ्जा, — प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार मिन प्रसाद गुरुङ ले “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य” नारासहित मतदातासमक्ष अपिल सार्वजनिक गर्नुभएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवारी दिनुभएका गुरुङले राजनीतिक अस्थिरता र चुनौतीपूर्ण परिस्थितिबीच मुलुकलाई स्थायित्व, सुशासन र समृद्धिको दिशामा अघि बढाउन निर्णायक शक्ति आवश्यक रहेको उल्लेख गर्नुभएको छ।

उहाँले स्याङ्जाको फेदीखोलादेखि वालिङ, भीरकोट, पुतलीबजार लगायतका क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै संघीय संसदमार्फत प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ। सिद्धार्थ राजमार्ग स्तरोन्नति, ग्रामीण सडक विस्तार, कृषि उत्पादन वृद्धि र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयलाई मुख्य एजेण्डा बनाइएको अपिलमा उल्लेख छ।

गुरुङले विगतमा प्रदेशसभा सदस्य तथा विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव प्रस्तुत गर्दै अब संघीय संसदमा स्याङ्जावासीको आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

अन्त्यमा उहाँले आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासमक्ष आग्रह गर्नुभएको छ।

 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर