pokhara news

निर्धारित भाडादरमा अधिकतम सेवा दिन निर्देशन

भदौ—८, पाल्पा । 
पाल्पाको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले निर्धारित भाडादरमा अधिकतम सेवा दिन यातायात व्यवसायीहरुलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार आयोजित रामपुुर नगरपालिकामा यातायात व्यवस्था सम्बन्धी छलफल कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले यात्रुको सुविधाका लागि निर्धारित भाडादरमा अधिकतम सेवा दिन यातायात व्यवसायीहरुलाई निर्देशन दिनुभएको हो ।
रामपुर नगरपालिकाको आयोजनामा यातायात व्यवसायी, जनप्रतिनिधि, राजनैतिक दल, इलाका प्रशासन, इलाका प्रहरी र सरोकारवालाहरु बीच नगर भित्र यातायात सञ्चालन तथा व्यवस्थापन सम्बन्धी छलफल भएको थियो । 
कार्यक्रममा बोल्दै रामपुर प्रमुख थापाले सहज, सरल पहुँच सहितको व्यवस्थित यातायात सञ्चालनका लागि सबै सरोकारवालाहरुको महत्वपूर्ण भुमिका आवश्यक रहने बताउनुभयो । साथै गुणस्तरीय यातायात सेवाका लागि यातायात व्यवसायी, सवारीधनी, चालक, यातायात मजदुरले विशेष ध्यान दिन आग्रह गर्नुभयो । 
छलफल कार्यक्रमले यातायात सेवालाई व्यवस्थित बनाउन विभिन्न निर्णयसमेत गरेको छ । नगरपालिकाको निगरानीमा सञ्चालन हुने भ्यान र अटोको भाडादर संशोधन सहित समायोजन, यस अघि भएको सवारी पार्किङ्ग सम्बन्धी निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको हो । यसैगरी अटोको सेवा क्षेत्र विस्तार गर्ने, पाँच वर्ष भन्दा पुरानो अटो सञ्चालन गर्न नपाउने, सबै सवारी  साधनमा भाडा दरको लिष्ट टाँस्नु पर्ने छ । नगरपालिकाको बसपार्क व्यवस्थापन कार्यविधि र बजार क्षेत्र सवारी साधन पार्किङ्ग व्यवस्थापन कार्यविधिमा उल्लेख भएका सम्पूर्ण व्यवस्था पूर्ण रुपमा कार्यान्वयन गर्ने गराउने निर्णय गरिएको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर