निर्वाचन होइन जनमत संग्रह चाहियो ः प्रसाईँ
वालिङ, १० पुस ।
नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसार्इँले नागरिकलाई निर्वाचन होइन जनमत संग्रह आवश्यक रहेकोे बताउनुभएको छ । विहिबार स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै प्रसाइँले नागरिकलाई निर्वाचन होइन जनमत संग्रह चाहिएकोे बताउनुभएको हो ।
दल, जातजाती, धर्म भन्दा देश ठूलो भएको भन्दै देशलाई बचाउने महाअभियानको अभिभारा बोकेर आँफू अगाडि बढेको उल्लेख गर्नुभयो । नेपाल जस्तो देशले संघीय प्रणाली थेग्न नसक्ने र यो व्यवस्था फेल भईसकेको प्रसाईँको भनाई थियो । उहाँले भन्नुभयो, “बैंक तथा वित्तीय संस्थाले सर्वहारा नागरिकलाई बाँच्न दिएको छैन् । कर र विभिन्न बहानामा नागरिकसंँग पैसा असुल्ने र मर्न बाध्य बनाउने परिस्थिति सिर्जना गरिएको छ । यसका लागि नागरिक बचाउ महाअभियानको स्थापना गरिएको हो ।” नागरिकले बैंक तथा वित्तीय संस्थासंँग लिएको ऋण तिनुपर्छ तर सर्वहारा जो तीर्न नसक्ने अवस्थामा छन्, त्यस्तालाई मिनाहा गर्नुपर्ने आफ्नो अभियानको माग रहेको प्रसार्इँले औंल्याउनुभयो ।
जेनजी आन्दोलनको प्रसंँग उल्लेख गर्दै प्रसाईँले भदौ २४ गते देशको गरिमा बोकेका संरचना जलाईनु र रबिलाई छुटाउनु निकै षड्यन्त्रपूर्वक गरिएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “अहिले फेरि तिनै व्यक्तिहरु प्रधानमन्त्रीको भागभण्डा गर्दैछन् रे, प्रधानमन्त्रीको भागभण्डा त कांगे्रस, एमाले र माओवादीले पनि गरेकै थिए । ती पार्टी र वर्तमान परिप्रेक्षमा हाई हाई बनाईएका व्यक्तिमा केहि फरक देखियो त ?” अब नागरिकले हरेकको मूल्यांकन गर्न आवश्यक रहेको भन्दै व्यापार व्यवसाय गरेर बैंकको ऋण तिर्ने वातावरण बनाईनुपर्नेमा उहाँको जोड थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment