नेतृत्व तथा व्यक्तित्व विकास सिकाईमा मगर महिलाहरु
साउन २, स्याङ्जा
स्याङ्जाको वालिङमा मगर महिलाहरुका लागि नेतृत्व तथा व्यक्तित्व विकास तालिम शुरु भएको छ । फ्युजन नेपाल अध्ययन अनुसन्धान तथा तालिम केन्द्र वालिङको सहयोगमा नेपाल मगर संघ ईकाई समिति वालिङको आयोजनामा बुधबारदेखि १४ घण्टे तालिम शुरु भएको हो । मगर समुदायको महिलाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकास गरी थप शसक्त बनाउन यो तालिम सञ्चालन गर्न फ्युजन नेपालले सहयोग गरेको संस्थाका डाइरेक्टर उमेश दर्लामीले बताउनुभयो ।
केन्द्रले विगत १५ वर्षदेखि विभिन्न खालका तालिमहरु सञ्चालन गर्दै आएको भन्दै अहिले मगर समुदायका महिलाहरुलाई सहि तरिकाले आफ्ना विषयवस्तुलाई प्रस्तुत गर्न तथा समय सापेक्ष आँफूलाई अगाडि बढाउन यो तालिमले सहयोग पुग्ने दर्लामीले बताउनुभयो । कार्यक्रममा समाजसेवी गगनसिंह थापाले मगर समुदायका महिलाहरु थप शसक्त हुनुपर्नेमा जोड दिँदै तालिमको उपयोग गरी क्षमतावान बन्न आग्रह गर्नुभयो ।
८ गतेसम्म संचालन हुने तालिममा आत्म सचेतना, कार्यक्रम सञ्चालन तथा बोल्ने कला, महिला शसक्तिकरण, सामाजिक सचेतना, नेतृत्व विकास, स्मार्ट परिवारको गुणस्तरलगायतका विषयमा डाईरेक्टर उमेश दर्लामी, रेडियो आँधीखोलाका समाचार प्रमुख कला राना र सुरज थापाले सहजीकरण गर्नेछन् । तालिममा ३० जनाको सहभागिता रहेको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment