नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनुपर्छ ः प्रधानमन्त्री ओली
साउन–३०,काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनुपर्ने बताउनुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरुमाथि सरकारले निगरानी बढाइरहेको बताउनुभयो ।
नेपाल सरकार, नेपाली नागरिक, नेपाली कानूनप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा गरेको व्यवसायको कर कुनै पनि सामाजिक सञ्जालहरुले तिर्नैपर्ने बताउनुभयो । यदी नेपालको कानूनअन्तर्गत दायित्व र उत्तरदायित्व पूरा नगरेको पाइए ठोस निर्णय गरेर सरकार अघि बढ्ने पनि बताउनुभयो ।
मेटा लगायतका सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ताका लागि आह्वान गरेको सरकारले अहिलेसम्म दर्तामा ल्याउन सकेको छैन । बिना दर्ता नेपालमा सञ्चालन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको तर्फबाट बारम्बार दर्ता लागि आह्वान गरिरहनुभएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेसम्म मानव मस्तिष्क भन्दा ठूलो कुनै कुरा उत्पादन गर्न नसकेको भन्दै कृतिम बुद्धिमत्ता एआईसँग नडराउन आग्रह गर्नुभयो । एआइको प्रयोगबाट फाइदा लिनुपर्ने उहाँको भनाई छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment