नेपाल आदर्शले २७ औं वार्षिकोत्सव सम्पन्न
कात्तिक २३, वालिङ ।
स्याङ्जाको वालिङमा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयले आफ्नो २७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । २०५४ सालमा स्थापना भएको र वालिङ ८ भीमटारीमा रहेको विद्यालयले आज शुक्रबार २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोहको आयोजनासहित वार्षिकाेत्सव सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकार, गण्डकी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय पोखराका निर्देशक गोविन्दराज पोख्रेलले शैक्षिक संस्थाहरुले समयको माग र आवश्यकता अनुसारको शिक्षा अवलम्वन गर्नुपर्ने बताउनुभयो । निर्देशक पोख्रेलले आजको आवश्यकता समय अनुसारको शिक्षा रहेकाले शैक्षिक संस्थाहरुले सोहि अनुसारको शिक्षामा जोड दिनुपर्ने व्यक्त गर्नुभयो । सामुदायीक एवम् संस्थागत विद्यालयहरुले उदाहरणीय कार्य गरेका भन्दै निर्देशक पोख्रेलले अबको शिक्षामा प्राविधिक धार अवलम्वन गर्न आवश्यक रहेको बताउनुभयो । अबको समयले प्राविधिक धारको शिक्षा खोजेकाले कुनै न कुनै प्राविधिक धारको शिक्षामा लाग्न उहाँको आग्रह छ । अहिले सूचना प्रविधि र सीपमूलक शिक्षाको समय हो । त्यसैले सूचना प्रविधि र प्राविधिक शिक्षा अवलम्वन गर्न सकेनौ भने समयको माग अनुसार अगाडि बढ्न गाह्रो हुने उहाँको भनाई छ । जल, जमीन र जङ्गलको उपयोग गर्न सक्ने जनशक्ति उत्पादन गर्न आवश्यक छ । हाम्रा बाबु नानीहरुलाई यहाँको माटो र बुवा आमाको सेवा गर्ने जनशक्तिकारुपमा उत्पादन गर्न सकियो भनेमात्र गाउँ समाज र समग्र देशको उन्नतिमा टेवा पुग्ने उहाँले औंल्याउनुभयो ।
यसकासाथै समयको मागलाई मध्येनजर गरेर त्यस्तो खालको शिक्षाको थालनी गर्नुपर्ने हो कि, नैतिक शिक्षालाई प्राथमिकता दिनुपर्ने हो कि भनेर सोंच्नेबेला आएको निर्देशक पोख्रेलले व्यक्त गर्नुभयो ।
कार्यक्रमका अवसरमा शैक्षिकसत्र २०८० मा आधारभूतदेखि एसइइसम्म उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ । यसैगरी अभिभावक र प्राध्यापकहरुलाई सम्मान गरिएको छ । शैक्षिकसत्र २०८० मा विषयगत शिक्षक र कर्मचारीहरुको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुद्वारा विविध नृत्यसहितका सांस्कृतिक प्रस्तुतिले निकै रमाइलो गराएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment