नेपाल मुस्लिम इत्तेहाद संँगठन गण्डकी प्रदेशको प्रथम अधिवेशन
पुस ७, वालिङ ।
नेकपा एमाले सम्वद्ध नेपाल मुस्लिम इत्तेहाद सँगठन गण्डकी प्रदेशको प्रथम अधिवेशन हुने भएको छ । “सम्पूर्ण मुस्लिम एक होऔं, मुस्लिम एकता जिन्दावाद ! समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मूल नारासहित सँगठनको प्रथम अधिवेशन यहि पुस २० गते पोखरामा हुने सँगठनका स्याङ्जा जिल्ला अध्यक्ष हनिफ मियाँले जानकारी गराउनुभयो ।
गत मङ्सिर २६ गतेको बैठकको निर्णय अनुसार यहि पुस २० गते गण्डकी प्रदेश संँगठनको प्रथम अधिवेशन पोखरामा गरिने मियाँले जानकारी गराउनुभएको हो । मियाँका अनुसार संँगठन तनहुँका अध्यक्ष नूर मोहम्मद मियाँको संयोजकत्वमा अधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । अधिवेशनको प्रचार प्रसारको जिम्मा गण्डकी प्रदेशका सबै जिल्ला अध्यक्षहरुलाई दिइएको छ । अधिवेशनका लागि कास्की र स्याङ्जाबाट १३÷१३ र अरु जिल्लाबाट ७÷७ जना प्रतिनिधि रहने छन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment