पाठखोलामा आयोजित महायज्ञ चौथो सातामा चल्दै, पवित्र कार्यमा उपस्थित भएर पुण्यलाभ लिन आग्रह
साउन २३, वालिङ ।
स्याङ्जाको वालिङ १३ को पाठखोलामा सञ्चालित महायज्ञको तेस्रो साता पूरा भएको छ ।
यही साउन १ देखि सञ्चालन गरिएको एक महिने महायज्ञ तेस्रो साता पूरा गरेर चौथो सातामा चलिरहेको छ । वालिङ १३ को पाठखोलास्थित शिव पार्वती त्रिवेणी धाम मन्दिरमा शिव महापुराण कथा तथा तण्डुलाचल ज्ञान महायज्ञ–२०८२ को आयोजना गरिएको हो ।
महायज्ञमा पण्डित प्रकाश तिवारीले सङ्गीतमय शैलीमा दैनिक कथा वाचन गरिरहनुभएको छ । साथमा राष्ट्रिय भजन गायकहरुबाट साँझको आरतीसँगै दैनिक भजनकिर्तन चलिरहेको छ ।
हामीले आफ्नो धर्म, संस्कृतिको संरक्षणका लागि साउन महिना भरी शिव महापुराण ज्ञान महायज्ञको आयोजना गरिएको हो । पण्डित तिवारीले भन्नुभयो, “भगवान परमात्माले हामीलाई जन्मदिएर पठाउनु भएको छ । हामीलाई जन्म दिएर पठाउने देवताका पनि देवता शिव भगवान हुनुहुन्छ । साउन महिना शिव भगवानको प्रिय महिना भएकाले यो पुण्य धाममा महिनाभरी कथावाचनसहित तण्डुलाचल महायज्ञ गरिएको हो । आसुतोष भगवानलाई छिटै प्रशन्न हुने पूजा आराधनासहित पुकार गरियो भने धर्म, अर्थ काम मोक्ष प्राप्त हुने शिव महापुराणमा लेखिएको हुनाले पनि महायज्ञको आयोजना गरिएको हो ।” यसका साथै यहाँ स्थापित मन्दिर सञ्चालन एवम् दैनिक पूजा आराधनासहितको व्यवस्थापकीय क्षेत्रमा आर्थिक सहयोग पुगोस भनेर पनि महायज्ञ सञ्चालन गरिएको पण्डित तिवारीले बताउनुभयो । तेस्रो सातासम्म जुन उत्साहकासाथ उपस्थित भएर कथा श्रवणसँगै दान दिनुहुनेहरु प्रति कृतज्ञता व्यक्त गर्दै पण्डित तिवारीले अब महायज्ञको अन्तिम सातामात्र बाँकि रहेकाले यो पवित्र महायज्ञमा उपस्थित भएर पुण्यलाभ लिनका लागि आग्रह गर्नुभएको छ ।
महायज्ञमा दैनिक शिव पुराण कथा वाचनसँगै लोक भजनगीत प्रतियोगितासमेत सञ्चालन गरिएको छ । यही साउन २१ गतेदेखि सुरु गरिएको लोक भजन प्रतियोगिताको फाइनल ३० गते हुने महायज्ञ मुल आयोजक समितिका अध्यक्ष दिपेन्द्र गैह्रेले जानकारी गराउनुभयो । आज २३ गतेसम्म ४ समूहले आ–आफ्नो प्रस्तुति राखिसकेका महायज्ञ मूल आयोजक समितिका सचिव यज्ञप्रसाद पाठकले बताउनुभयो । २९ गतेसम्म सम्पर्कमा आउने समूहलाई प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः ४०, ३०, २० र १० हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिने छ । लोक भजन समूहहरुले उत्साहकासाथ सम्पर्कमा आइरहेका निर्णायक संयोजकको भूमिकामा रहनुभएका चर्चित लोक भजन गायक नारायण गौतमले जानकारी दिनुभएको छ । धर्म संस्कार संस्कृतिको संरक्षण र संवद्र्धनसँगै लोक भजनको प्रवद्र्धन गर्ने उद्देश्यले महायज्ञमा प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment