पार्टीमा समयानुकूल परिवर्तन आजको आवश्यकता ः नेपाली काँग्रेसका सह–महामन्त्री परियार
नेपाली काँग्रेसका सह–महामन्त्री तथा संघीय सांसद जिवन परियारले पार्टीको संगठन, नीति र कार्यशैली समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
वालिङ नगरपालिकाको आयोजना तथा दलित महिला केन्द्र नेपालको सहकार्यमा आयोजित ‘स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिको सहभागिता सुनिश्चितता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै परियारले जनताको अपेक्षाअनुसार पार्टीले आफ्नो नीति तथा कार्यशैली अद्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो ।
“बहुदलीय व्यवस्था आएपछि एक विद्यालय, एक शिक्षिका कार्यक्रम ल्यायौं, तर त्यसको प्रभाव र महत्व आम नागरिकलाई बुझाउन सकेनौं,” उहाँले बताउनुभयो । महिलाहरुलाई अग्रसर बनाउन नेपाली काँग्रेसले स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका खेल्दै आएको परियारको भनाई थियो ।
सोही कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति नेत्र प्रसाद पाण्डेले नेपालको संविधानमा २०७२ ले महिलाहरुलाई दिएको ३३ प्रतिशत सहभागि अनिवार्य पार्टीको तर्फबाट कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
हिजो पुरानो पार्टीहरुले केही गरेनन् भन्ने र नयाँ पार्टीमा भाग्ने परिपाटीको विकास भएको बताउँदै सभापति पाण्डेले भन्नुभयो , “जय नेपाल भन्न डराउने अनि पार्टीले पद दिएन भनेर विद्रोह नगर्नुहोस् । ”
नेपाली काँग्रेसभित्र महिलाहरुको भूमिका अन्तर्गत , चुनौती , बर्तमान अवस्था र आगामी कदमको विषयमा टोली नेता सिता विक , शान्ता थापा र सिता थापाले आआफ्नो धारणा राख्नुभएको थियो ।
महिलाहरुलाई पार्टी प्रशिक्षणको अभाव , उनीहरुलाई हेर्ने सामाजिक दृष्टिकोण र आर्थिक तथा पारिवारिक दबाब जस्तो बर्तमान अवस्था रहेको कारण पार्टीमा महिला जनप्रतिनिधिको नेतृत्व समस्यामा परेको नगर कार्यपालिका सदस्य सिता विकले बताउनुभयो ।
“इतिहासले फुर्काएको र बर्तमान नेतृत्वले शोषण गरेको प्रमुख चुनौती नेपाली काँग्रेस भित्र छ ” नेपाली काँग्रेस नगर सदस्य शान्ता थापाले बताउनुभयो ।
महिलाहरुलाई माथिल्लो पंक्तिका नेताहरुले हेर्ने मानसिक दृष्टिकोण अर्को चुनौती रहेको बताउँदै पार्टीभित्र टिकट वितरणमा पुरुष हाबी हुँदा पनि महिलाहरु पछि परेको थापाले बताउनुभयो ।
सोही कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य तथा दलित संघ जिल्लाका अध्यक्ष लिल बहादुर रनपाल , पूर्व कार्यपालिका सदस्य गिता रनपाल , नेपाली काँग्रेस नगर उपसभापति सिता थापा लगायतले पार्टीले महिलाहरुको भूमिकामा उत्तरदायी हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
‘स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिको सहभागिता सुनिश्चितता’ विषयक कार्यक्रममा नेकपा एमाले लगाएत जिल्ला स्थित सबै राजनैतिक दलसँग अन्तक्रिया कार्यक्रम संचालन गरिने दलित महिला केन्द«का फिल्ड अधिकृत रितेश सांशकरले बताउनुभयो । कार्यक्रम बुधबार सम्पन्न हुनेछ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment