पार्टीमा समयानुकूल परिवर्तन आजको आवश्यकता ः सह–महामन्त्री परियार
स्याङजा, २७ साउन
नेपाली काँग्रेसका सह–महामन्त्री तथा संघीय सांसद जीवन परियारले पार्टीको संगठन, नीति र कार्यशैली समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
वालिङ नगरपालिकाको आयोजना तथा दलित महिला केन्द्र नेपालको सहकार्यमा आयोजित ‘स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिको सहभागिता सुनिश्चितता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सह–महामन्त्री परियारले जनताको अपेक्षा अनुसार पार्टीले आफ्नो नीति तथा कार्यशैली अद्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो ।
“बहुदलीय व्यवस्था आएपछि एक विद्यालय, एक शिक्षिका कार्यक्रम ल्यायौं, तर त्यसको प्रभाव र महत्व आम नागरिकलाई बुझाउन सकेनौं,” उहाँले भन्नुभयो । महिलाहरुलाई अग्रसर बनाउन नेपाली काँग्रेसले स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका खेल्दै आएको परियारको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति नेत्रप्रसाद पाण्डेले नेपालको संविधानमा २०७२ ले महिलाहरुलाई दिएको ३३ प्रतिशत सहभागिता पार्टीको तर्फबाट अनिवार्य कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
हिजो पुरानो पार्टीहरुले केही गरेनन् भन्ने र नयाँ पार्टीमा भाग्ने परिपाटीको विकास भएको बताउँदै सभापति पाण्डेले भन्नुभयो, “जय नेपाल भन्न डराउने अनि पार्टीले पद दिएन भनेर विद्रोह नगर्नुहोस् ।”
नेपाली काँग्रेसभित्र महिलाहरुको भूमिका अन्तर्गत, चुनौती , वर्तमान अवस्था र आगामी कदमको विषयमा टोली नेता सीता विक, शान्ता थापा र सीता थापाले आ–आफ्नो धारणा राखेका थिए ।
महिलाहरुलाई पार्टी प्रशिक्षणको अभाव , उनीहरुलाई हेर्ने सामाजिक दृष्टिकोण र आर्थिक एवम् पारिवारिक दबाब जस्तो वर्तमान अवस्था रहेका कारण पार्टीमा महिला जनप्रतिनिधिको नेतृत्व समस्यामा परेको नगर कार्यपालिका सदस्य सीता विकले बताउनुभयो ।
“इतिहासले फुर्काएको र वर्तमान नेतृत्वले शोषण गरेको प्रमुख चुनौती नेपाली काँग्रेस भित्र छ” नेपाली काँग्रेस नगर सदस्य शान्ता थापाले भन्नुभयो ।
महिलाहरुलाई माथिल्लो पंक्तिका नेताहरुले हेर्ने मानसिक दृष्टिकोण अर्को चुनौती रहेको र पार्टीभित्र टिकट वितरणमा पुरुष हाबी हुँदा पनि महिलाहरु पछि परेको थापाले उल्लेख गर्नुभयो ।
‘स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिको सहभागिता सुनिश्चितता’ विषयक कार्यक्रममा नेकपा एमालेलगाएत जिल्ला स्थित राजनैतिक दलहरुसँग अन्तक्रिया कार्यक्रम सञ्चालन गरिने दलित महिला केन्द्रका फिल्ड अधिकृत रितेश सांशकरले बताउनुभयो । कार्यक्रम बुधबार सम्पन्न हुनेछ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment