पिङ्कसिटी महोत्सवमा दर्शकको आकर्षण बढ्दै
फागुन २५, वालिङ ।
स्याङ्जाको वालिङमा सञ्चालित प्रथम पिङ्कसिटी महोत्सवमा दर्शकहरुको आकर्षण दैनिकरुपमा बढ्दै आएको छ । यही फागुन २१ देखि चेम्बर अफ कमर्श वालिङद्वारा आयोजित प्रथम पिङ्कसिटी महोत्सवमा दैनिकरुपमा दर्शकहरु बढ्दै आएका हुन् ।
‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मूल नारासहित सञ्चालन गरिएको महोत्सवमा स्याङ्जा किड्स डान्स आइडल, प्रचारात्मक टिकटक प्रतियोगिता, रत्यौलीगीत एवम् खुल्ला भलिबललगायतका प्रतियोगितात्मक कार्यक्रमहरु समावेश गरिएका छन् । यसकासाथै दैनिक राष्ट्रिय कलाकारको साथमा हास्य प्रस्तुतिले दर्शकहरुलाई निकै रमाइलो गराएको छ ।
आइतबार प्रजापति पराजुली, जन गायक जीवन शर्मा, चोलेन्द्र पौडेल, रचना रिमाल, शिवहरि ढुङ्गाना, सरसवती लामिछाने, केशु गुरुङलगायतको साथमा हास्य कलाकार पुरुषोत्तम भण्डारीको प्रस्तुतिले दर्शकहरुलाई रोमाञ्चित बनाएको थियो ।
यसैगरी भोलि सोमबार छैटौं दिन स्याङ्जा किड्स डान्स आईडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिताको कार्यक्रम हेर्न पाइने छ । राष्ट्रिय कलाकारहरुमा पुरुषोत्तम न्यौपाने, पूर्णकला विसी, कृष्ण अखेली, दिनेश क्षत्री, मदन परियारलगायत लोकदोहोरीगीत प्रतिष्ठान स्याङ्जाका कलाकारहरुको साथमा हास्य कलाकार युवराज भण्डारीलाई देख्न पाइने छ भने कार्यक्रम सञ्चालन जीवन दाहालको रहने छ ।
आज आइतबारको रत्यौलीगीत प्रतियोगितामा गिरी गाउँ स्वावलम्वन आमा समूह वालिङ ८, वालिङ ९ का शान्ति आमा समूह र बालमाटा टोल भुम्रेको प्रस्तुति रहेको थियो ।
कृषि प्रदर्शनी, पुस्तक तथा शैक्षिक प्रदर्शनी, हस्तकलासम्बन्धी सामग्रीहरु, बाल उद्यान, फेन्सी पसल, खाजा पसललगायत ३ सय बढी स्टलहरु महोत्सवमा रहेका छन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment