पिङ्कसिटी महोत्सव भव्यरुपमा सम्पन्न
चैत ३, वालिङ ।
गत माघ २१ देखि स्याङ्जाको वालिङस्थित खेलमैदानमा आयोजित प्रथम पिङ्कसिटी महोत्सव—२०८१ सम्पन्न भएको छ । चेम्वर अफ कमर्श वालिङले ‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मूल नारासहित चैत्र ३ गतेसम्म १२ दिने महोत्सवको आयोजना गरेको थियो ।
महोत्सव समापन कार्यक्रममा सम्वोधन गर्दै संविधानसभा सदस्य राजकाजी गुरुङले आर्थिक चलामानका लागि मेला महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । स्याङ्जा जिल्लाकै धेरै जनसङ्ख्या रहेको ठूलो बजारमा महोत्सव सञ्चालन गरेर आर्थिक चलायमानमा महत्वपूर्ण काम गरेकोमा आयोजक चेम्वर अफ कमर्शलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विद्युत बेचेर अथवा लोडसेडिङबाट मुक्त गरेर नेपालको अबको बिकासलाई राम्रो आधार प्रदान गर्न सकिन्छ भन्ने कुरा प्रस्तुत गरिसकेका औंल्याउनुभयो । यसैगरी दोस्रोमा नेपाललाई धनि बनाउने कुरा कृषि हो, हाम्रा जमिनहरु धेरै बाँझा भैसकेका छन् । हाम्रा राजनीतिक दलका नेताहरुले ध्यान दिन सकेका छैनौं । तर आज छिमेकी मुलुकबाट खाद्यान्न लगायतका सामान ल्याएर उपभोग गर्नु भनेको दुःखको कुरा हो । त्यसैले अब कृषिको क्षेत्रमा लाग्नुपर्छ भनेर त्यो दिशातिर उन्मुख भएर काम गर्न थालेका छौं । यसमा सबैको साथ सहयोग आवश्यक पर्छ संविधानसभा सदस्य गुरुङले भन्नुभयो ।
कार्यक्रमको समापन गर्दै आयोजक चेम्वर अफ कमर्शका अध्यक्ष प्रकाश न्यौपाने किरणले प्रथम पिङ्कसिटी महोत्सव भव्यरुपमा सफल भएको बताउनुभयो । १२ दिने महोत्सवमा हजारौं दर्शकहरुले अवलोकन गरेको उहाँले व्यक्त गर्नुभयो । उहाँले महोत्सवका लागि वालिङ नगरपालिका, मुख्य प्रायोजकको भूमिका रहेको गरिमा विकास बैंक विशेष धन्यवादको पात्र भएको बताउनुभयो । यसैगरी स्थानीय क्लवहरु, संघ संस्था, महोत्सव सञ्चालनका लागि जग्गा उपलव्ध गराउनुहुनेहरु, सञ्चारकर्मी, सुरक्षा निकाय एवम् आम दर्शक महानुभावहरु प्रति अध्यक्ष न्यौपानेले हार्दिक आभार व्यक्त गर्नुभयो । यसैगरी उहाँले विभिन्न उपसमितिमा रहेर काम गर्नुहुने चेम्वरका जिम्मेवार साथीहरु एवम् सहयोगी मनहरु प्रति पनि हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।
महोत्सवमा युवाहरुमा लोकप्रिय तथा राष्ट्रिय खेल भलिबलको पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा गल्याङ नगरपालिकाको टीमले प्रथम स्थान हाँसिल गरेको थियो । यसैगरी बिरुवा गाउँपालिका दोस्रो, भीरकोट तेस्रो र वालिङले सान्त्वना स्थान हाँसिल गरेका छन् । भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टीमले क्रमशः १ लाख ५५ हजार, १ लाख ५ हजार, ५५ हजार र २५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत भएका छन् ।
समापन कार्यक्रममा भलिबल प्रतियोगितामा विभिन्न स्थान हाँसिल गर्ने टीम तथा खेलाडीहरुलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment