पिङ्क सिटि महोत्सवमा को–को लाई हुँदैछ त प्रवेश निशुल्क
वालिङ १८ फाल्गुन ।
प्रथम पिङ्क सिटि महोत्सव वालिङ – २०८१ मा जेष्ठ नागरिक, एकल महिला र अपांगता भएकालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । वालिङ् चेम्बर अफ कमर्सले यही फागुन २१ देखि चैत ३ गतेसम्म आयोजना गरिएको महोत्सवमा विद्यार्थीलाई समेत विशेष छुटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागी ७० रुपैँया र अन्यका लागी प्रवेश शुल्क १०० तोकिएको छ ।
महोत्सव स्थलको बार तथा स्टल निर्माण अन्तिम चरणमा पुगेको छ । बालउद्यान निर्माण समेत अन्तिम चरणमा पुगेको छ । आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ्’ भन्ने नाराका साथ वालिङ् खेलमैदानमा महोत्सवको आयोजना गरिएको हो । वालिङको सभ्यता र यसको ऐतिहासिक महत्वको बारेमा जानकारी दिने र प्रचार प्रसार गर्ने, स्थानीय तथा
स्वदेशी कृषि, खेलकुद, संस्कृति, पर्यटन, औद्योगिक उत्पादनको प्रवद्र्धन एवं संस्कृतिको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा सबै वर्गका दर्शकहरुको उल्लासमय सहभागिता होस भन्ने हेतुले आयोजकले जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका र ५ वर्ष मुनिका बालबालिकालाई निशुल्क प्रवेशको व्यवस्था मिलाएको चेम्बरका वरिष्ठ उपाध्यक्ष मणिप्रसाद पंगेनीले बताउनुभयो । महोत्सव साना बालबालिकादेखि युवा तथा बृद्धबृद्धामैत्रि बन्ने भएकाले पिंक सिटि महोत्सवको अवलोकन सबैले गर्नुपर्ने पंगेनीको भनाई छ ।
महोत्सवमा यस अगाडि जिल्लामा भएका महोत्सव भन्दा फरकपना दर्शकलाई दिने उद्देश्यले आयोजक लागि परेको चेम्बरका महासचिव गणेश राउतको भनाई छ । महोत्सवले पिंक सिटिको प्रर्वद्धन गर्दै वालिङका धार्मिक, ऐतिहासिक तथा परातात्विक, पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी गरिनेछ ।
महोत्सवमा कृषि प्रर्दशनी, अन्तर पालिका भलिवल, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, टिकटक प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम लगायत विभिन्न संघ संस्था एवं कार्यालयका क्रियाकलाप एवं यस प्रदेशका गतिविधिहरु प्रस्तुत गरिने छ ।
महोत्सव अवधिको गतिविधि टिकटक मार्फत प्रचारप्रसार गर्ने, चेम्बरलाई ट्याग गर्नेलाई लाईक र भ्युजको आधारमा विजेता, उपविजेता छनोट गरिनेछन् । टिकटक प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, नृत्य प्रतियोगितालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत हुनेछन् । महोत्सवमा २५० स्टर रहने महोत्सवमा पाँच करोड रुपियाँको कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाख भन्दा बढीले महोत्सबको अवलोकन गर्ने अनुमान अयोजकले गरेको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment