पुष्पलाल स्मृति दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न
साउन—७, वालिङ ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलालको ४७ औं स्मृति दिवसका अवसरमा राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले आज गल्याङमा वृहत रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा ७४ जनाले स्वेच्छिक रक्तदान गरेका छन् ।
कार्यक्रमको प्रमुख आमन्त्रितका रुपमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव महेश चौलागाईंको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा सम्वोधन गर्दै केन्द्रीय महासचिव चौलागाईंले स्व. पुष्पलालको विचार, योगदान र आजको समयको आवश्यकता अनुसार युवाको भूमिका विषयमा प्रकाश पार्नुभएको थियो ।
उहाँले पुष्पलालले नेपाली जनताको मुक्तिको लागि देखाएको बाटोमा आजको पुस्ताले सेवा र समर्पणका माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । रक्तदान जीवन दान भएकाले युवासंघले सकारात्मक सन्देशसहित सराहनीय कार्य गरेको महासचिव चौलागाईंले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “पुष्पलालले नेपाली जनताको मुक्तिको लागि देखाएको बाटोमा आजको पुस्ताले सेवा र समर्पणका माध्यमबाट अगाडि बढ्नुपर्छ । रक्तदान जस्तो मानव सेवाका कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश पुर्याउँछ ।”
स्व.पुष्पलालको योगदानलाई जहिले पनि सिरोपर गरेर अगाडि बढ्नुपर्नेमा महासचिव चौलागाईंले जोड दिनुभयो । उहाँले पार्टीलाई र देशलाई अफ्ठ्यारो परेका बेला सधैं अग्रभागमा रहेर संगठितरुपमा समाज उत्थानका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको र भोलिका दिनमा पनि यसैगरी सक्रियताकासाथ कार्य गर्दैजाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका वक्ताहरुले स्वर्गीय पुष्पलालको योगदान र मार्गदर्शक सिद्धान्तको स्मरण गर्दै समाजसेवा मार्फत उहाँको आदर्शलाई व्यवहारमा उतार्ने प्रयास गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा युवासंघमा आवद्ध युवाहरु, नेकपा एमालेका केन्द्रदेखि जिल्लास्तरका नेता कार्यकर्ताको साथमा स्थानीय सामाजिक अभियन्ता, विद्यार्थी, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
राष्ट्रिय युवा संघ, स्याङ्जाका कार्यवाहक अध्यक्ष राजन पोख्रेलले धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रम भविष्यमा अझ व्यापक रूपमा गरिने प्रतिबद्धता जनाउनुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment