pokhara news

पुस पन्ध्र एवम् तमू ल्होसारको अवसरमा भलिबल प्रतियोगिता

वालिङ, ११ पुस ।
स्याङ्जाको वालिङमा पुस पन्ध्र एवम् तमू ल्होसारको अवसरमा भलिवल प्रतियोगिता आयोजना गरिएको छ । 
तमु ह्युँला छोँज धि युवा परिवार वालिङ १ रामबाच्छाले तमुहरुको महान पर्व ल्होसारको अवसरमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन गर्दै वालिङ नगरप्रमुख कृष्ण खांँणले संविधानमा प्रदत्त जनजाति समुदायको हकअधिकार अक्षरस कार्यान्वयन हुनुपर्ने बताउनुभयो । तमु समुदायको पवित्र पर्व ल्होसारको अवसरमा आयोजना गरिएका प्रतियोगिता सफलताको कामना गर्दै नगरप्रमुख खाँणले संविधानमा प्रदत्त जनजाति समुदायको हकअधिकार अक्षरस कार्यान्वयन हुनुपर्ने बताउनु भएको हो । नागरिकले जिताएर पठाउनुभएका जनप्रतिनिधिहरुले अपेक्षाकृत प्रगति गर्न नसकेपनि सीमित स्रोत र साधनका बाबजुद वालिङलाई समृद्ध बनाउने प्रयास गरिएको प्रमुख खांँणले व्यक्त गर्नुभयो । खेल र खेलाडीको विकासका लागि नगरपालिका प्रतिवद्ध रहेको र नयाँ पुस्ताले भाषण, शासन र आसन मन नपाराईरहेको अवस्थामा नागरिक मैत्रि काममा नगरपालिका अगाडि बढेको प्रमुख खांणको भनाई थियो ।
प्रतियोगितामा पुरुष तर्फ १४ र महिला तर्फ ६ टिमले सहभागिता जनाएका छन् । पुरुषतर्फ प्रथमले १ लाख, द्वितीयले ५० हजार, तृतीयले २५ हजार, सान्त्वना हुनेले १५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फ प्रथमले २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार नगद ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुलाईसमेत नगद ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिने  छन् । आजदेखि सुरु भएको प्रतियोगिता १५ गतेसम्म सञ्चालन हुने र प्रतियोगिताकोसाथमा विविध सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर