pokhara news

पूर्वमन्त्री अर्याललाई पारिवारिक शोक

असोज ६, स्याङ्जा
नेपाल सरकारका पूर्व मन्त्री पद्माकुमारी अर्याललाई पारिवारिक शोक परेको छ । नेकपा एमालेका केन्द्रीय सचिवसमेत रहनुभएकी अर्यालका ससुरा बुवाको हिजो शनिबार असामयिक निधन भएको छ । पूर्वमन्त्री अर्यालका ८५ वर्षीय ससुरा बुवा टीकाराम पौडेलको अर्जुन चौपारी गाउँपालिका ३ रापाकोट आफ्नै निवासमा हिजो साँझ निधन भएको हो ।  स्वर्गीय पौडेलको आज अर्जुन चौपारी १ स्थित घट्टेखोलामा परम्परागत दाह संस्कार गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय पौडेलका खडानन्द, लक्ष्मीपति, पुरुषोत्तम र विष्णुप्रसाद गरी चार छोरा तथा पवित्रा र सविता गरी दुई छोरी छन् । छोरा पुरुषोत्तमको भने मृत्यु भैसकेकाले हाल तीन छोरा र दुई छोरी छन् । स्वर्गीय पौडेल विगत ८ वर्षदेखि मुटु रोगको विरामी हुनुहुन्थ्यो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर