पूर्व सभापति सम्झदै स्याङ्जा काँग्रेसको विविध कार्यक्रम
साउन ४, स्याङ्जा
नेपाली काँग्रेस स्याङ्जाले पुर्व सभापतिहरुको सम्झनामा विविध कार्यक्रम गर्ने भएको छ । काँग्रेसका संस्थापक नेता विश्वश्वर कोइराला, स्याङ्जाका पुर्व सभापति खगेन्द्रराज रेग्मी र पुर्व सभापति कमलप्रसाद पंगेनीको सम्झनामा विविध कार्यक्रम गर्ने भएको हो । नेपाली काँग्रेस स्याङ्जाको आज बसेको बैठकले पुर्व सभापतिहरुको सम्झनामा रचनात्मक कार्यक्रम गर्ने निर्णय गरिएको कार्यबाहक सभापति केदार काफ्लेले जानकारी दिए ।
साउन ६ गते काँग्रेसका संस्थापक नेता वीपी कोइरालाको स्मृति दिवसमा जिल्लाका ११ वटै पालिकामा बृक्षारोपण र बिचार गोष्ठि आयोजना गरिने कार्यबाहक सभापति काफ्लेले बताए । वीपीको सम्झनामा जिल्लाभर कार्यकर्तालाई आ—आफ्ना पालिकामा हुने बृक्षारोपरण, विचार गोष्ठि र रचनात्मक कार्यक्रममा सहभागी हुन आव्हान गरिएको सभापति काफ्लेले बताए । कार्यबहाक सभापति काफ्लेका अनुसार पार्टीका पूर्व सभापति खगेन्द्रराज रेग्मीको नाममा स्याङ्जा पार्टी कार्यालयमा पुस्तकालय स्थापना गरिने निर्णय भएको बताउनुभयो ।
पार्टीका पूर्व सभापति तथा सांसद कमलप्रसाद पंगेनीको छैटौं वार्षिक स्मृतिमा रक्तदान कार्यक्रम गरिने भएको छ । पंगेनीको २०७५ साउन २० गते निधन भएको थियो । जिल्ला काँग्रेसको संगठकका रुपमा पहिचान बनाएका पंगेनीको स्मृतिमा रक्तदान कार्यक्रम सहित धार्मिक स्थल रामदीमा लाखबत्ती बाल्ने कार्यक्रम तय गरिएकोसमेत सभापति काफ्लेले बताउनुभयो । पंगेनीको शालिक राख्ने कार्यलाई जिल्ला कार्यसमिति र कमल पंगेनी प्रतिष्ठानले संयुक्तरुपमा अगाडि बढाइने भएको छ ।
नेपाली जनताको आशा र भरोसा अनुसारनै काँग्रेस—एमाले सहितका दलहरु मिलेर बनेको सरकारले नेपाल र नेपाली जनताको भावना अनुरुप काम गर्न सुझाव दिदै स्याङ्जा काँग्रेसले शुभकामना व्यक्त गरेको छ । यसैगरी असार २१ र २२ गते अविरल वर्षाका कारण आएको बाढी पहिराले पु¥याएको जनधनको क्षतीप्रति गहिरो दुख व्यक्त गरेको छ । ज्यान गुमाउनेप्रति श्रदाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत बैठकले गरेको कार्यबाहक सभापति काफ्लेले बताउनुभयो । यस्तो विपतमा काँग्रेसका कार्यकर्ताहरुलाई खटेर पिडितहरुलाई सहयोग गर्न स्याङ्जा काँग्रेसले आग्रह गरेको छ ।
बाढी पहिरोको जोखिममा परेका नागरिकहरुको उद्धार कार्यमा खटिने जिल्ला सुरक्षा समिति, विपत व्यवस्थापन समिति स्याङ्जा, स्थानीय जनप्रतिनिधि, संघ र प्रदेशका सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्ला रेडक्रस सहित विभिन्न संघसंस्थाहरु, संचारकर्मीलगायत सबैलाई स्याङ्जा काँग्रेसले धन्यवाद सहित आभार व्यक्त गरेको छ
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment