पृथ्वी जयन्तीका अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
गोपाल जिटी
वालिङ–२७, पुस ।
स्याङ्जाको वालिङमा पृथ्वी जयन्तीका अवसरमा आज विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरिएको छ । हिमानी ट्रष्ट काठमाडौले आज पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्तीका अवसरमा वालिङ नगरपालिका ५ जगतभञ्ज्याङ थानचौरको महेन्द्र माध्यमिक विद्यालयमा एक कार्यक्रम गरी विद्यार्थीहरुका लागि ३ सय ६ थान न्यानो कपडा (ट्र्याकसुट) वितरण गरेको हो ।
ट्रष्टका केन्द्रीय सदस्य अशिलकुमार शाहीको उपस्थितिमा विद्यार्थीहरुका लागि एकै प्रकारका न्यानो कपडा (ट्र्याकसुट) वितरण गरिएको छ । न्यानो कपडा विटरण गर्दै ट्रष्टका केन्द्रीय सदस्य शाहीले पृथ्वीनारायण शाहले एकिकरण नगरिदिएको भए आज हामी नेपाली र हाम्रो देश नेपाल भन्न नपाउने बताउनुभयो । पृथ्वीनारायण शाहका दिव्योपदेश हरेक समयका लागि मनन योग्य छन् । त्यो नै हाम्रो मूल्य मान्यता र नेपाल बचाउने सिद्धान्त हो । हामीलाई कुनै वाद चाहिएको छैन, केवल पृथ्वीवाद भए पुग्छ, शाहीले भन्नुभयो । अब विदेशीहरु आउँदा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर मात्र अन्य कार्यक्रममा सहभागी बनाउने हो भने कुनै विदेशीले यहाँ चलखेल गर्न नसक्ने उहाँको भनाई छ । कतिपय स्थानमा रहेका पृथ्वीनारायण शाहको शालिक फालेर सहीदको शालिक राख्ने गरेको सन्दर्भ जोड्दै शाहीले सहीद कुनै जात र धर्मको हुँदैन, केवल राष्ट्रको हुन्छ तर सहीदलाई राष्ट्र निर्मातासँग दाँज्न नमिल्ने बताउनुभयो ।
कोरोना कहरका समयमा पनि वालिङ क्षेत्रमा ट्रष्टद्वारा आफ्नो सक्रीयतामा सहयोग गरेको स्मरण गर्दै शाहीले अहिले विद्यार्थीहरुका लागि न्यानो कपडा प्रदान गर्ने अवसर मिलेकोमा आफूलाई आत्म सन्तुष्टी लागेको व्यक्त गर्नुभयो । आफूलाई सानैदेखि समाजसेवा प्रति चासो रहेको र बाचुञ्जेल समाजसेवामा लागिरहनेसमेत उहाँले बताउनुभयो । यसैबीच उहाँले विद्यार्थी र जेन्जी भाई बहिनीहरुले अहिले शिक्षा हासिल गर्ने बेला भएकाले अनुशासित भएर अध्ययनमा लाग्न सुझाव दिनुभयो ।
कार्यक्रममा महेन्द्र माविसँगै ५ नम्वर वडामा रहेका ५ वटा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको हो
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment