पेट्रोलियम पदार्थको मूल्य घट्यो
भदौ – १६, काठमाडौ ।
नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको निगमले निकालेको विज्ञप्तीमा उल्लेख छ । अब पेट्रोलको मूल्य काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा लिटरको एक सय ६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा एक सय ६२ र नेपालगञ्ज, धनगढी, वीरगञ्ज, विराटनगर लगायत भारतीय सीमा क्षेत्रमा एक सय ६० रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै डिजल र मट्टीतेलको मूल्य काठमाण्डौ र दिपायल क्षेत्रमा लिटरको एक सय ५४ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा एक सय ५३ रुपैयाँ र धनगढी, वीरगञ्ज, विराटनगरलगायत भारतीय सीमा क्षेत्रमा एक सय ५१ रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाई बिक्री मूल्य कायम गरिएको समेत निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत् रहेको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment