पैयूँ गाउपालिकाको प्रशासनिक भवन समुद्घाटन
साउन २६, वालिङ
पर्वतको पैयूँ गाउँपालिका गाउँ कार्यपालिकाको नवनिर्मित भवन समुद्घाटन भएको छ । गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले विशेष कार्यक्रमकाबीच शुक्रबार नवनिर्मित भवनको समुद्घाटन गर्नुभएको हो ।
नवनिर्मित भवनको समुद्घाटन गर्दै अध्यक्ष ठकुरीले हामी सबैको प्रयासबाट गाउँपालिकाले आफ्नो प्रशासनिक भवन बनाउन सफल भएको बताउनुभयो । आफ्नो पालिकाको प्रशासनिक भवनका लागि जग्गा प्रदान गरेर महान कार्य गर्नुभएकोमा जग्गादाताहरुलाई धन्यवादसहित अध्यक्ष ठकुरीले आभार व्यक्त गर्नुभयो । योसँगै अब पैयूँ गाउँपालिकाले आइतबारदेखि आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्ने पनि उहाँले जानकारी गराउनुभयो ।
सीमित स्रोत र साधनका बावजुद पनि पालिकावासीको सेवा आँफूहरुको सधैं प्राथमिकतामा रहने अध्यक्ष ठकुरीले बताउनुभयो । विभिन्न राजनीतिक पार्टी, संगठित संघ संस्था एवम् पालिकावासीको साथ सहयोग र मायाँले आज गाउँ कार्यपालिका अगाडि बढिरहेकाले तपाईंहरुको सेवा नै पहिलो प्राथमिकता रहने उहाँको भनाई छ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाले स्वागतसहित गाउँपालिकाका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । करिव १३ रोपनी क्षेत्रफलमा प्रशासनिक भवन निर्माण गरिएको छ ।
कार्यक्रमका अवसरमा गाउँ कार्यपालिकाको प्रशासनिक भवन बनाउनका लागि जग्गा प्रदान गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । यसैगरी पालिकाबासीहरुले विभिन्न झाँकीसहितको ¥याली गर्दै नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उत्साहकासाथ उपस्थित भएका थिए । स्थानीय हुवास बजारबासी तथा पालिकामा स्थित आमा समूह, क्लव एवम् विभिन्न संघ संस्थाहरुले बाजागाजाकासाथ सहभागी भएका थिए ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment