pokhara news

पैसा फिर्ता पाउन नसकेपछि गतिशील सहकारीका बचत कर्ता आन्दोलित

असोज २१, वालिङ ।
स्याङ्जाको वालिङस्थित गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्था लि. का बचत कर्ताहरुले आफ्नो पैसा फिर्ता पाउन नसक्दा आन्दोलित भएका छन् । बचत कर्ताहरुले विगत दुई महिनादेखि आफ्नो पैसा फिर्ताको माग गर्दै आएका थिए । आँफूले दुःख गरेर जम्मा गरेको पैसा फिर्ता पाउन नसकेपछि उनीहरु आन्दोलित भएका हुन् । आज विहान ९ बजेदेखि वालिङस्थित भुसाल पेट्रोल पम्पको आडैमा रहेको कार्यालयमा बचतकर्ताहरुको भीड लागेको हो ।
चार दिन अगाडि संस्थाकि अध्यक्ष कविता भुसालले २१ गते सोमबार सकेको फिर्ता पाउनुहुन्छ भनेकाले बचत कर्ताहरुको आज विहानैदेखि भीड लागेको हो । बालबच्चाको दक्षिणा, मजदुरी गरेर कमाएको पैसाले दुःखमा काम देला, चाडपर्व मनाउँला, गाह«ोसारो टारौंला भनेर जम्मा गरेका थियौं, फिर्ता पाउन नसकेपछि आँफूहरुलाई पीडित बनाएको उनिहरुको भनाई छ ।
पैसा पाइन्छ भन्ने आशामा लाइनमा उभिएकि वालिङ १३ उदियाचौरकी सीमा पाठक भन्नुहुन्छ, “४५ हजार जम्मा गरेकि थिएँ, गत चैत महिनामा ५ हजार लिएर गएँ । चारवर्ष पहिला छोरीको खुत्रुके बचतमा जम्मा गरेको पैसा हो । यसअघि साउन महिनामा आउनुस भन्नुभयो । त्यसपछि म आउन प¥यो भनेर फोन गर्दा रिसिव गर्नुभएन । बीचमा पटक पटक आउँदा पैसा छैन भन्नुभयो । आउन जान गाह«ो भयो दुईचार सय भएपनि गाडि भाडालाई हुन्छ दिनुस् न भन्दा पनि नपाएर धेरै चोटी आमा छोरी फर्कियौं । चारदिन अघि आज २१ गते पैसा दिन्छौं भनेर आएका हौं । पाँच हजारका दरले बाडेका छन् भन्ने सुनेकि छु, यस्तो भीड छ, यो हालतले त्यही पनि पाइन्छ कि पाइदैन थाह छैन ।”
पाठक एक प्रतिनिधि पात्र हुनुहुन्छ । उहाँ जस्ता सयौंको संख्यामा बचत कर्ताहरु पैसा फिर्ताका लागि उपस्थित भएका छन् ।
गतिशील महिला सहकारीले बचत फिर्ता दिन नसकेको हुँदा विगत दुई महिनादेखि बचत कर्ताहरु आन्दोलनमा रहेको स्थानीय उत्तम खनाल बताउनुहुन्छ । सहकारी पीडितले पैसा फिर्ता पाउनुपर्छ भन्ने अभियानमा यो संस्थामा आएका थियौं । ४ दिन अगाडि संस्थाकि अध्यक्ष कविता भुसालले २१ गते जति सकिन्छ फिर्ता पाउनुहुन्छ भनेपछि आज बचतकर्ताहरुको भीड लागेको खनालको भनाई छ । वालिङ नगरपालिकाका १४ वटै वडामा रहेका बचत कर्ताहरु आउनुभएको हो 
यसैगरी स्थानीय सरकारको भूमिकामा रहेको वालिङ नगरपालिकाले सहकारी पीडितहरुको पक्षमा भूमिका खेल्न नसकेको अर्का अभियन्ता पुष्पकमल रेग्मी बताउनुहुन्छ । पटक पटक घच्घच्याउँदा पनि सहकारी पीडितहरुको पक्षमा नगरपालिका उभिन नसकेको अभियन्ता रेग्मीको भनाई छ । 
चार पाँच लाख बचत गरेकाहरुका लागि पनि ५ हजार दिएर सहकारीले झारा टार्न लागेको अर्का सहकारी अभियन्ता श्याम शर्माको तर्क छ । दशैंको मुखमा आएर ५ हजार दिएर थम्थम्याउन खोजेको शर्माको भनाई छ । यस्तैगरी लोकनाथ बगाले भन्नुहुन्छ,“ संस्थाका अध्यक्षलगाएत समितिका मानिसहरु कोहि पनि छैनन, दुईजना कर्मचारीमात्र कार्यालयमा काम गरेका छन् । उहाँहरु कता लुक्नुभयो, भाग्नुभयो थाह छैन । यसरी पीडितहरुले पैसा फिर्ता पाउँछन् भन्नेमा विश्वस्त हुने अवस्था देखिदैन ।”
वालिङ नगरपालिकाकी उप प्रमुख कविता तिवारी गैह«े यो संस्थाको संस्थापक अध्यक्ष हुनुहुन्छ । नगरपालिकाको न्यायिक समितिको संयोजकसमेत रहनु भएकी उप प्रमुखले पीडितहरुको पक्षमा भूमिका खेलेको नदेखिनुले बचतकर्ताहरुकाबारेमा खेलवाड गरेको अभियन्ताहरुको भनाई छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर